अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना
विदुर–खेल पर्यटनमा जोड दिदे नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चौथो अध्यक्ष कप भलिजल प्रतियोगिता आयोजना गरिएको छ । पञ्चकन्या गापाको आयोजनामा बिहीबारदेखि अन्तरपालिका स्तरिय चौथो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
पन्चकन्या –४ थप्रेकस्थित पर्यटकिय घ्याङस्वारामा उक्त प्रतियोगिता यहि बैशाख १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने आयोजक पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ । सहभागिताका लागि स्थानीय तहहरुलाई निमन्त्रण गरिसकिएको अध्यक्ष तामाङको भनाई छ ।
तीन दिनसम्म सन्चालन हुने प्रतियोगिता घ्याङस्वारा शहीद स्मारक पर्यटकीय पार्क तथा खेलमैदानमा हुनेछ । प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङले बताए ।
पर्यटन प्रवद्र्धनका कारण चर्चामा रहेको घ्याङस्वारा विभिन्न कार्यक्रमको केन्द्र बन्दै गएको छ । सोही स्थानमा वैशाखको पहिलो साता १४औं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो ।












































