किसानलाई मौरीपालन प्रशिक्षण

विदुर–सिप सिकाएर स्वरोजगार र आत्मनिर्भर वनाउने उद्धेश्यले नुवाकोटको विदुरमा किसानहरुलाई मौरीपालन तालिम प्रदान गरिएको छ । सचेतन सामुदायिक सिकाई केन्द्रले मौरीपालन व्यवसाय सन्चालन सम्वन्धि तालिम दिएको हो ।
सहभागी नुवाकोटका विभिन्न स्थानका किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक रुपमा तीन दिनसम्म आधारभूत मौरीपालन प्रशिक्षण दिइएको आयोजक सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए । सहभागीहरुलाई मौरीपालक उद्यमी यमकुमार खातीक्षेत्रीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए ।
तालिमका सहभागीहरुलाई विदुर नपाकी उपमेयर प्रभा वोगटीले प्रमाणपत्र प्रदान गरिन् । उनले सिप सिकेर त्यसलाई व्यवहारमा उतार्नुपर्ने र स्वरोजगारी हुनुपर्ने वताइन् ।
समापन कार्यक्रममा विदुर ४ का वडाध्यक्ष निलमबावु ढुँगेल, समाज सचेतन केन्द्रका अध्यक्ष हरिदेव चित्रकार, महिला अगुवा बिना खातीलगायतले मौरीपालनलाई नुवाकोटमा हावापानी सुहाउंदो रहेका कारण व्यवसायिक वनाउनु पर्नेमा जोड दिए । २० जनालाई उक्त सिपमुलक तालिम एकैपटक प्रदान गरिएको हो ।
पहाडि संरचना रहेको १२ स्थानीय तह सवै स्थान मौरीपालनका लागि उपयुक्त रहेको प्राविधिकहरु वताउंछन् । नुवाकोटमा व्यवसाय र शौखको रुपमा गरि हालसम्म दुई सय ५० जना किसानहरुले मौरीपालन गरिरहेका छन् ।