नेपाल प्रहरी महिला फुटवलको फाइनलमा
संकटा घर फर्कियोे, समिक्षाले पाइन रातो कार्ड, फाइनल खेल्न वन्चित
विदुर–नुवाकोटको वट्टारमा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको वुधवार पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ । खेलमा नेपाल प्रहरी फुटवल क्लव विजयी भएको छ ।
प्रतियोगिता अन्र्तगत सेमिफाइनल खेलमा नेपाल प्रहरीले शुन्यका विरुद्ध एक गोलले संकटा फुटवल क्लवलाई पराजित गरेको हो । यस विजयसंगै नेपाल प्रहरी प्रतियोगिताको फाइनल चरणमा पुगेको छ । 
पहिलो सेमिफाइनल खेलमा संकटालाई नेपाल प्रहरीकी मीना देउवाले खेलको ५८ मिनेटमा गरेको निर्णायक गोलले फाइनल यात्रा सुरक्षित गरेको हो । खेलमा पराजित संकटा घर फर्किएको छ ।
नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको रोमान्चक, सनसनीपुर्ण र आकर्षक सेमिफाइनल खेलमा नेपाल प्रहरीले उत्कृष्ट प्रदर्शन गर्दै विजय प्राप्त गरेको हो । खेलमा नेपाल प्रहरीकी समिक्षा अधिकारीले फल खेलेका कारण लगातार दुई वटा पहेलो कार्ड पाएपछि अर्को रातो कार्डको सामना गरिन् ।
रातो कार्ड पाएर वाहिरिएकी अधिकारीले वैशाख २० गते शनिवारको फाइनल खेलमा वन्चित हुनु परेको छ । पराजित संकटाकी अनिशा राइले पनि राष्ट्रिय रेफ्रि शुक्रराज घलेको पहेंलो कार्डको सामना गरिन् ।
नेपाल प्रहरीले आकर्षक, दावावपुर्ण र आक्रामक प्रदर्शन गर्दैै आफ्नो फाइनल यात्रा सुनिश्चित गरेको हो । खेलमा विजयी नेपाल प्रहरीकी मिना देउवा ‘प्लेयर अफ दि म्याच’ भइन् ।
उनलाई नगद पाँच हजार रुपैँया र अन्य सामग्रीहरु पुरस्कार प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको छ । 

प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल विहीवार शसस्त्र प्हरी विरुद्ध रौतहट फुवल क्लवले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा विजेताले नगद पांचलाख ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले नगद दुई लाख ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका व्यवस्थापक तथा विदुर नपा खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरीले जानकारी दिए ।
विभिन्न आठ वटा राष्ट्रिय फुटवल टिमको सहभागिता रहेको प्रतियोगितामा नकआउट चरणवाट चार टिम वाहिरिएका थिए भने सेमिफाइनलवाट संकटा वाहिरिएको छ । प्रतियोगिता यहि वैशाख २० गतेसम्म सन्चालन हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङको भनाई छ ।












































