घट्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

विदुर–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल दुई रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँ घटाएको हो ।
त्यसैगरी निगमले हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २९ अमेरिकी डलरले घटेको जनाएको छ । साथै एलपी ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ घटेको निगमले जानकारी दिएको छ ।
अब पेट्रोलको पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर पुगेको छ । १५ दिन अगाडि पनि पेट्रोलको मुल्य घटेको थियो ।