मोटरवाटो गुणस्तरिय वनाउन निर्देशन

सांसदसहितको टोली गाउंमा
लोकखबर
२०८२ बैशाख १८, बिहीबार २०:५२

विदुर–आर्थिक वर्ष सकिन केहि महिना वांकी रहंदा विकासनिर्माण गुणस्तरियता कम हुने गरेको नुवाकोटका सरोकारवालाको टोलीले ठहर गरेको छ । गाउंमा विभिन्न निर्माण कार्यको प्रभावकारी अनुगमन तथा गुणस्तरियताको ध्यान दिनु पर्ने आवाज उठेको छ ।
बागमती प्रदेश सभा सदस्य राधिका तामाङसहितको टोलीले मोटरबाटो अनुगमन गर्दै सो निष्कर्श निकालेको हो । उनको पहलमा बागमती प्रदेश सरकारबाट बिनियोजित बजेटबाट निर्माण भइरहेको शिवपुरी गाउँपालिकाको ४ र ६ स्थित आइतरामपार्टी हुदै पुडिभञ्ज्याङ जाने मोटरवाटो र शिवपुरी ५ स्थित कुखेरेदेखि नेपाने हुँदै मानेभञ्ज्याङसम्म जाने निर्माणाधीन मोटरबाटोको अनुगमन गरिएको हो ।
वाटोको गुणस्तरियता कमजोर रहेको अनुगमन टोलीले ठहर गरेको छ । बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरी, शिवपुरी गापाका उपाध्यक्ष बीरवहादुर तामाङ, माओवादी केन्द्र शिवपुरी अध्यक्ष मिनबहादुर गुरुङलगायत प्राबिधिक कार्यालयको टोलीले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनको क्रममा निर्माण पक्षले गुणस्तरिय काम नगरेको जनाइएको छ । निर्माण कार्यमा प्रभावकारीता हुन नसकेको पाइएपछि तत्काल पुनः निर्माणको लागि सम्बन्धित पक्षलाई बागमती प्रदेश सभा सदस्य तामाङले निर्माण स्थलबाटै निर्देशन दिएकी छिन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको