शसस्त्र प्रहरी महिला फुटवलको फाइनलमा

रौतहट विरुद्ध गोलको वर्षा, सविताले पाइन म्यान अफ दि प्लेयर
लोकखबर
२०८२ बैशाख १८, बिहीबार २०:५९

विदुर–नुवाकोटको वट्टारमा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विहीवार दोश्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । खेलमा सशस्त्र प्रहरी फुटवल क्लव विजयी भएको छ ।
प्रतियोगिता अन्र्तगत सेमिफाइनल खेलमा नेपाल प्रहरीले फराकिलो रुपमा शुन्यका विरुद्ध पांच गोलले रौतहट फुटवल क्लवलाई पराजित गरेको हो । यस विजयसंगै सशस्त्र प्रहरी प्रतियोगिताको फाइनल चरणमा पुगेको छ ।
शसस्त्रले शनिवार उपाधिका लागि अर्को विभागिय क्लव नेपाल प्रहरीसंग प्रतिस्पर्धा गर्ने तय भएको छ । दोश्रो सेमिफाइनल खेलमा रौतहटलाई सशस्त्र प्रहरीले गोलको वर्षा गरेको थियो ।
सशस्त्रले लगातार पांंच गोल गर्दा रौटहटले विना गोल प्रतियोगितावाट वाहिरिएको हो । सशस्त्रकी अनीता वस्नेतले खेलको ८, सविता रानामगरले ११, सरु लिम्वुले १८, रश्मिकुमारी घिसिङले ४३ र निशा थोकरले ४६ मिनेटमा एक/एक गोल गरेर आफ्ना्े टिमलाई विजयी वनाउन योगदान गरेका थिए ।
यस विजयसंगै सशस्त्रले आफ्नो फाइनल यात्रा सुरक्षित गरेको हो । खेलमा पराजित रौतहट घर फर्किएको छ ।
नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको रोमान्चक, सनसनीपुर्ण र आकर्षक सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले उत्कृष्ट प्रदर्शन गर्दै विजय प्राप्त गरेको हो । सशस्त्र प्रहरीले आकर्षक, दवावपुर्ण र आक्रामक प्रदर्शन गर्दैै आफ्नो फाइनल यात्रा सुनिश्चित गरेको हो ।
खेलमा विजयी सशस्त्र प्रहरीकी सविता रानामगर ‘प्लेयर अफ दि म्याच’ भइन् । उनलाई नगद पाँच हजार रुपैँया र अन्य सामग्रीहरु पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको छ । प्रतियोगिताको फाइनल खेल शनिवार दुई विभागिय टोली नेपाल प्रहरी विरुद्ध शसस्त्र प्रहरीले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा दर्शकहरुको मनोरन्जनका लागि शुक्रवार नुवाकोटका दुई टिमवीच मैत्रीपुर्ण खेल हुने भएको छ । आयोजकका अनुसार नुवाकोट ११ र नुवाकोट टिमवीच खेल खेलाइने तय भएको छ ।
प्रतियोगितामा विजेताले नगद पांचलाख ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले नगद दुई लाख ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका व्यवस्थापक तथा नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । यहि वैशाख २० गतेसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न आठ वटा राष्ट्रिय फुटवल टिमको सहभागिता रहेको प्रतियोगितामा विभिन्न चरणवाट ६ टिम वाहिरिएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको