अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु

–खेल पर्यटनमा जोड
लोकखबर
२०८२ बैशाख १९, शुक्रबार १७:४०

विदुर–खेल पर्यटनमा जोड दिदे नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ । पञ्चकन्या गापाको आयोजनामा अन्तरपालिका स्तरिय चौथो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सन्चालन भएको हो ।
पन्चकन्या –४ थप्रेकस्थित पर्यटकिय घ्याङस्वारामा उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन भइरहेको आयोजक पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ । प्रतियोगितामा नुवाकोटका सात वटा स्थानीय तहका आठ वटा भलिवल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको कार्यक्रमकावीच संसदको कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले उद्घाटन गरिन् । उनले खेल क्षेत्रको विकासवाटै खेलाडिहरुको विकास, प्रवद्र्धन र संरक्षण हुने वताइन् ।
खेलमा अधिकांश युवा समुदायको सहभागिता रहेकोले यसले युवा शक्तिको शारिरीक, मानसिक तथा व्यक्तित्वमा विकाससमेत हुने वताइन् । खेलले मानवलाई अनुशासति र सकारात्मक वनाउने सुवेदीको भनाई छ ।
तीन दिनसम्म सन्चालन हुने प्रतियोगिता घ्याङस्वारा शहीद स्मारक पर्यटकीय पार्क तथा खेलमैदानमा भइरहेको छ । प्रतियोगिता अन्र्तगत शुक्रवार विभिन्न चरणको खेल सम्पन्न भएको आयोजक पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताए ।
पर्यटन प्रवद्र्धनका कारण चर्चामा रहेको घ्याङस्वारा विभिन्न कार्यक्रमको केन्द्र बन्दै गएको छ । सोही स्थानमा वैशाखको पहिलो साता १४औं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो ।
“पञ्चकन्या गापाको आयोजनामा सन्चालित चौथो चेयरम्यान कप भलिबल प्रतियोगिता–२०८२ को उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, सहभागी सातवटै गाउँपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । प्रतियोगिताले खेलकुदको माध्यमबाट अन्तरपालिका समन्वय, सद्भाव, खेल पर्यटनमा मद्धत पुग्ने पन्चकन्या गापा उपाध्यक्ष विमला केसीले वताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको