भरुवा वन्दुक पड्केर युवकको मृत्यु

-चार जना पक्राउ
लोकखबर
२०८२ बैशाख १९, शुक्रबार १७:५६

विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको वांसपानीमा भरुवा वन्दुक पड्केर एक युवकको ज्यान गएको छ । प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बेलकोटगढी नगरपालिका १२ बाँसपानीका २४ वर्षिय सुवास तामाङको छातीमा भरुवा वन्दुक पड्केर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घरदेखि एक किलोमिटर पुर्ब भित्रि कच्चीसडक खण्डमा भरुवा बन्दुक पड्केर सुवासको छातिमा चोट लागि उपचारको नुवाकोटे जिल्ला अस्पताल त्रिशूली लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहर िनायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार घटनामा अनुसन्धानका लागि चार मानिसलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ । पक्राउ परेकाहरुमा नुवाकोटकै बेलकोटगढी नपा १२ का ३२ वर्षिय राजु तामाङ, सोही स्थानका २५ वर्षिय राजन तामाङ, २० वर्षिय रुपेश तामाङ र धादिङको थाक्रे गापा ११ का २८ वर्षिय सरोज तामाङ रहेका छन् ।
धादिङको थाक्रेका सरोज तामाङलाई भने एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको डिएसपि लामाले वताए । चारै जनालाई जिल्ला अदालत नुवाकोटबाट ६ दिन हिरासतमा राखेर अनुसनधान गर्ने म्याद लिएर आवस्यकर अनुसन्धान कार्य भई रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको