शसस्त्रले उचाल्यो राष्ट्रिय महिला फुटवलको उपाधि

पांचलाख नगद पुरस्कार प्रदान, रेनुका भइन सर्वोत्कृष्ट खेलाडि
देवचन्द्र भट्ट
२० बैशाख २०८२, शनिबार २२:२३

विदुर–फुटवल खेलको विकास र विस्तारका साथै खेल पर्यटनको मुल उद्धेश्यसहित नुवाकोटको वट्टारमा सन्चालित मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल शनिवार सम्पन्न भएको छ । सनसनीपुर्ण खेलमा खेलमा सशस्त्र प्रहरी फुटवल क्लवले उपाधि जितेको छ ।
प्रतियोगिता अन्र्तगत फाइनल खेलमा शसस्त्र प्रहरीले आकर्षक रुपमा अर्को विभागिय टिम नेपाल प्रहरी फुटवल क्लवलाई पराजित गरेर उपाधि चुमेको हो । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगिताको आकर्षक, रोमान्चक र सनसनीपुर्ण फाइनल खेलमा सशस्त्र प्रहरीले नेपाल प्रहरीमाथि दवाव र उत्कृष्ट प्रदर्शन गर्दै विजयको ढोका उघारेको हो ।
सशस्त्र प्रहरीले नेपाल प्रहरमिाथि अधिकांश समय दवावपुर्ण र आक्रामक प्रदर्शन गर्दैै उपाधि जितेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमवाट कुनै पनि गोल नभएपछि खेलमा ६ मिनेट समय थपिएको थियो ।
थपिएको समयको चौथो मिनेटमा सशस्त्र प्रहरीकी अनीता केसीले उत्कृष्ट प्रहार गर्दै वललाई सोझै नेपाल प्रहरीको गोलपोष्टमा छिराएकी थिइन् । केसीले गरेको निर्णायक गोलनै शसस्त्रकी लागि फाइनल विजयसंगै उपाधि चुम्ने अवसर भएको छ ।
केसीले फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ को उपाधिसमेत जितिन् । उनलाई नगद पाँच हजार रुपैँया र अन्य सामग्रीहरु पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको थियो ।
प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल विना नेपाल प्रहरी उपविजेतामा चित्त वुझाउन वाध्य भएको छ । दुई विभागिय टोली नेपाल प्रहरी र शसस्त्र प्रहरीको खेल हेर्न हजारौं दर्शकको भीड लागेको थियो ।
प्रतियोगितामा विजेता शसस्त्र प्रहरीले नगद पांचलाख ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता नेपाल प्रहरीले नगद दुई लाख ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा शसस्त्र प्रहरीकी रेनुका नगरकोटीले सर्वोकृष्ट खेलाडिको पुरस्कार थापिन् । उनले नगद १५ हजार रुपैयाका साथ, शिल्ड, मेडल र प्रमाणपत्र पाइन् ।
शसस्त्रकी अनीता केसीले हाइस्कोररको पुरस्कार थापिन् । सोही टिमकी अन्जना रानामगरले उत्कृष्ट गोलकिपर, सोही टिमका प्रशिक्षक जिवेश पाण्डेले उत्कृष्ट कोच, र नेपाल प्रहरीकी सहारा लिम्वुले उदियमान खेलाडिको पुरस्कार थापिन् ।
उक्त विद्याहरुमा सवैलाई १०/१० हजार रुपैया नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुर्व अर्थमन्त्रि तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पुरस्कृत गरे । उनले खेल गतिविधिले खेल पर्यटनमा वढोत्तरी हुनुका साथै खेलको विकास र खेलाडिहरुको पहिचानमा मद्धत पुगेको वताए ।
विजेता खेलाडिहरुलाई विदुर नपाका मेयर राजन श्रेष्ठ, एन्फा केन्द्रीय उपाध्यक्ष दीपक खतिवडा,  प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, तेक्वान्दो खेलाडि संगीना वैद्य, आयोजक नुवाकोट खेलकुद विकास समितका अध्यक्ष विजय गुरुङ, नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकार उपाध्यक्ष अच्युतराज महन्तगिरी, कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तारावहादुर कार्की, रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा आयोजकले तेक्वान्दो खेलमार्फत विशेष योगदान दिनुका साथै नुवाकोटको पहिचान दिलाएको जनाउंदै नुवाकोटकी चेली विदुर नपा १ त्रिशूली वजारकी तेक्वान्दोकी अन्र्तराष्ट्रिय खेलाडि संगीना वैधलाई सम्मानित गरिएको छ ।
यहि वैशाख १३ गतेदेखि सन्चालन भएको प्रतियोगितामा नेपालका विभिन्न आठ वटा राष्ट्रिय फुटवल टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताले फुटवलको गतिविधि क्रियाशील गराउनुका साथै खेल पर्यटनमा मद्धत पुगेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङको भनाई छ ।
यसैवीच, मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खाली भएको दिन शुक्रवार दर्शकहरुको मनोरन्जनका लागि गरिएको मैत्रीपुर्ण फुटवलका विजेता उपविजेता दुवै टिमलाई पुरस्कृत गरिएको छ । मैत्रीपुर्ण फुटवलमा प्रतिस्पर्धा गरेका नुवाकोट ११ र नुवाकोट फुटवल टिम दुवैलाई शनिवार नगद पुरस्कार प्रदान गरिएको छ ।
मैत्रीपुर्ण फुटवलमा नुवाकोट ११ ले नुवाकोटलाई ट्राइवेकरमा तीनका विरुद्ध चार गोल गरेर विजय िभएको थियो । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमवाट गोल नभएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो ।
आकर्षक मैत्रीपुर्ण खेलमा विजेता नुवाकोट ११ लाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता नुवाकोटलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । उनीहरुको खेल भएको शुक्रवारको टिकट विक्रीको रकमवाट दुवै टिमलाई दामासाहीले आठहजार पांचसय/ आठहजार पांचसय रुपैयासमेत थपेर प्रदान गरिएकोे आयोजक तथा नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*