वाइसिएल नुवाकोटमा गजुरेल

विदुर-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल नुवाकोटको नयां कार्यसमिति चयन भएको छ । मतदानमार्फत आगामी दुई वर्षे कार्यकालका लागि ६१ सदस्यीय नयां कार्यसमिति चयन भएको हो ।
वाइसिएल नेपाल नुवाकोटको चौथो सम्मेलनमा सर्वसम्मत रुपमा कार्यसमिति चयन हुन नसकेपछि सोमवार विदुर नपा ५ पिपलटारस्थित पोष्टवहादुर वोगटी स्मृति पार्कमा निर्वाचन गरिएको थियो । निर्वाचनवाट अध्यक्षमा ककनीका जलन गजुरेल निर्वाचित भएका छन् ।
उनले कुल सदर मतमध्ये एकसय ६० मत पाए । उनका निकटतम दिनेश अधिकारीले ८७ मत पाए ।
निर्वाचनमा ३ सय ९ मतदाता मध्य २ सय ५६ मत खसेको थियो । उपाध्यक्षमा सरोज तामाङ र सुर्यवहादुर तामाङ विजयी भए ।
उनीहरुले क्रमशः एकसय ७२ र एकसय ५४ मत पाए । सचिवमा एकसय ५८ मत पाएर सुरेन्द्र लामा विजयी भए ।
खसेको मतमा चार मत वदर भएको थियो । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको नुवाकोटको चौथौं जिल्ला सम्मेलनको मतदानबाट अध्यक्ष, दुई उपाध्यक्ष र सचिवमा पदमा निर्वाचन गरि नयां कार्यसमिति चुनिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि नै पांच जना सहसचिवमा विकास गुरुङ, रविन्द्र तामाङ, विमिका विक, अनील थापा, राजेश लामिछाने तथा कोषाध्यक्षमा जयराज ढकाल र ५० जना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजाराम थपलियाले जानकारी दिए । अध्यक्ष, उपाध्यक्ष (खुला) र सचिव पदको लागि भने निर्वाचन भएको थियो ।
अन्य पद महिला उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्यहरुमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए । महिला उपाध्यक्ष १ जना, कोषाध्यक्ष १ जना, सहसचिव ५ जना, सदस्यहरु ५० जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई केहि दिनमा प्रमाणपत्र प्रदान गरिने निर्वाचन समितिका संयोजक थपलियाले वताए । यसअघि, सो अधिवेसनको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्रि नारायणकाजी श्रेष्ठले बट्टारवजारमा उद्घाटन गरेका थिए ।