राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

एपिएफका प्रिन्सले जिते एकल पुरुषको उपाधि, आर्मीले जित्यो नौ वटा पुरस्कार
देवचन्द्र भट्ट
२०८२ बैशाख २३, मंगलवार २०:४७

विदुर–खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सन्चालित प्रथम मुख्यमन्त्रि कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको मंगलवार समापन भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नुवाकोटमै पहिलो पटक जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई नगद राशीसहित पुरस्कृत गरिएको छ ।
विजेता खेलाडिहरुलाई संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे । उनले यस प्रकारको राष्ट्रिय प्रतियोगिताले खेलाडिहरुको पहिचान र क्षमता प्रदर्शनमा महत्वपुर्ण भुमिका खेल्ने वताए ।
उनले खेलवाट खेलाडिहरुको शारिरीक, मानसिक स्थिति मजवुत हुनुका साथै खेलकुद गतिविधि चलायमान भएकोसमेत वताए । यहि वैशाख २१ गतेवाट नवनिर्मित व्याडमिन्टन कभर्ड हलमा सन्चालित प्रतियोगितामा नेपालको विभागिय टोलीसहित तीनसय ५० जना खेलाडिहरुको सहभागिता रहेको नुवाकोट व्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले वताए ।
उनका अनुसार विभिन्न नौ इभेण्टमा प्रतियोगिता गराइएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विभिन्न ६ विद्यामा पुरस्कार, सशस्त्रले ६ तथा नेपाल प्रहरीले दुई पुरस्कार जितेको छ ।
पुरुष एकल खुल्लातर्फ सशस्त्रका प्रिन्स दाहाल विजेता, सोही क्लवका क्षितिज खनाल उपविजेता तथा सेनाका लक्ष्मण मगर र सशस्त्रकै देवराज राना तृतीय भए । महिला एकल खुल्लातर्फ सेनाकी रसिला महर्जन प्रथम, सोही टिमकी अमिता गिरी द्वितिय तथा प्रहरीकी नीता लम्साल र प्रहरीकी शेष्ना सिर्पालीले तृतीय पुरस्कार जिते ।
पुरुष जोडीतर्फ सशस्त्रका भोजवहादुर गुरुङ र प्रकाशसिंह ठकुरीको जोडी प्रथम, सेनाका नरेन्द्र वम र सुविन श्रेष्ठको जोडी द्वितिय तथा भोजपुरका निश्चल खत्री र विशाल तामाङ तथा सेनाका लक्ष्मण मगर र सराज्े महर्जनको जोडीले तृतीय पुरस्कार जिते । भेन्ट्रान्स पुरुषतर्फ प्रेम गुरुङ र सुरेन्द्र कटुवालको जोडी प्रथम, विशाल खड्का र हरि खत्रीको जोडी दोश्रो र सन्जय कपाली र अनील थाम्सुहाङ तथा अर्जुन न्यौपाने र प्रेमकृष्ण राजमण्डारीको जोडी तेश्रो भए ।
मिक्स डवलतर्फ सेनाका सरोज महर्जन र अमीता गिरी प्रथम, प्रहरीका हिरा राइ र नतिा लम्साल दोश्रो र सनम खपाङ्गी र सुष्मा श्रेष्ठ तथा विशाल खड्का र दिलासा र।ानाले तेश्रो पुरस्कार पाए । प्रतियोगितामा पुरुष अण्डर १५ तर्फ सुनधुलीका इमा तामाङ प्रथम, सेनाका दीप थिङ दोश्रो र सेनाकै सुदेश राजकोटी र धानयान्त्रीका सत्यम कार्की तेश्रो भए ।
महिला अण्डर १५ तर्फ मोहनभुगोल वयाडमिन्टन क्लवकी निभा राई प्रथम, सशस्त्रकी तिशारानी शाक्य दोश्रो र सशस्त्रकै स्वर्लिन श्रेष्ठ र धादिङकी निष्ठा श्रेष्ठ तेश्रो भए । नुवाकोट खुल्ला पुरुषतर्फ हरि खड्का र अरुण पाण्डे प्रथम, रोशन डंगोल र शम्भुप्रसाद पाण्डे दोश्रो तथा जीतवहादुर सुनाखरी र सागर थारु एवं अर्जुन न्यौपाने र प्रेमकृष्ण राजभण्डारी तेश्रो भए ।
प्रतियोगितामा पुरुष जोडी, भेट्रान्स पुरुष, जिल्लाभित्रका खुल्ला पुरुष जोडी, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी, छात्रछात्रातर्फको अण्डर १५, पुरुषहरुतर्फको मिक्स डवल इभेण्टमा खेल खेलाइएको प्रतियोगिता आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष जोडीतर्फका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तृतीयले २० हजार, भेट्रान्स पुरुषतर्फ विजेताले ४० हजार, उपविजेताले २५ हजार, तृतीयले २० हजार, जिल्लाभित्रका खुल्ला पुरुष जोडीतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडीतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार, तृतीयले १० हजार रुपैया प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा छात्र÷छात्रातर्फको अण्डर १५ को दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र पुरुषतर्फको मिक्स डवल इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार रुपैया नगदका साथ ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई संविधान सभा सदस्य जगदीश्वरनरसिहं केसी, विदुर नपाका मेयर राजन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले पुरस्कार प्रदान गरे । विदुर नपाका मेयर श्रेष्ठले खेल गतिविधिलाई वढोत्तरी गर्न विदुर नपाले विविध कार्यक्रमहरु सन्चालन गरेको र यसलाई निरन्तरता दिइने वताए ।
उक्त प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नगरपालिका संरक्षक र नुवाकोट जिल्ला व्याडमिन्टन संघ सहआयोजक रहेको छ । नुवाकोटमा एक महिनाको अवधिमा राष्ट्रियस्तरको अल्ट्रा दौड, महिला फुटवल र राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता गरेर खेल गतिविधिलाई तिव्रता दिइएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले वताए ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको