दुर्घटनामा भुटानी नागरिकसहित तीन घाइते
विदुर–भिजिट भिसामा घुमेर नुवाकोट हुंदै काठमाडौ फर्कने क्रममा रहेका भुटानी नागरिकहरु चढेको गाडी गुम्चेस्थित त्रिशूली नदी किनारामा दुर्घटनाग्रस्त भएको छ । प्रहरीले घटनाको विशेष अनुसन्धान गरिरहेको छ ।
त्रिदेशिय मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी मार्गको वचिमा रहेको कालिका गाउंपालिका १ गुम्चेतमा वा१य १४७४ पर्यटकिय नम्वरको स्कोर्पियो गाडी सडकवाट ४० मिटर तल खसेर दुर्घटना हुंदा दुई जना भुटानीसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
दुर्घटनामा चालक ३० वर्षिय गंगावहादुर गुभाजुको तथा त्यसमा यात्रारत भुटानी नागरिकहरु ४१ वर्षिया छिरिङ दिकी ५२ वर्षिया हिस्नी सेण्डिने रहेको प्रहरी नायव उपरिक्षक हेमवहादुर शाहीले जानकारी दिए ।
घाइतेहरुको अपर त्रिशूली २१६ मेगावाट जलविद्युत केन्द्रमा प्राथमिक उपचार गरि काठमाडौ पठाइएको डिएसपि शाहीले वताए । भिजिट भिसामा आएका भुटानी नागरिकहरु नुवाककोटवाट रसुवा हुदै चीनको केरुङ वजार घुमेर फर्किएको पाइएको प्रहरीले जनाएको छ ।











































