शिवपुरीमा वेरोजगारलाई सिपमुलक कार्यक्रम
विदुर–नुवाकोटको ग्रामीण भेग शिवपुरीमा वेरोजगारलाई सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रमअन्र्तगत सिपमुलक प्रशिक्षण र रोजगारसमेत दिइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउंवासीलाई सिपमुलक प्रशिक्षण र निश्चित अवधिको रोजगारीसमेत प्रदान गरिएको शिवपुरी गापाले जनाएको छ । युवा रोजगारीका लागि रुपान्तरण अन्र्तगत शिवपुरी गापाको रोजगार सेवा केन्द्रबाट सञ्चालित प्रशिक्षण तथा एकसय दिनको रोजगारी दिइएको गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम अन्र्तगत वेरोजगार ७२ जनालाई एकसय दिनको रोजगारी प्रदान गरिएको छ । उनीहरुले शिवपुरीको विभिन्न वाटोघाटो, पाटीपौवा, सार्वजनिक स्थल तथा सामाजिक स्थानमा श्रम गरेर रोजगारी पाएको अध्यक्ष थपलियाले वताए ।
यसका साथै कार्यक्रमअन्र्तगत कार्यस्थललमा आधारित सीप विकास तथा जीवन उपयोगी सम्वन्धि ५० दिनको सिपमुलक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । अध्यक्ष गोविन्दप्रसाद थपलियाले प्रमाणपत्र प्रदान गर्दै सिपलाई स्वरोजगारको माध्यम वनाउन सहभागीहरुलाई आग्रह गरे ।
कार्यक्रमअन्र्तगत ३६ जना सहभागीलाई कार्पेन्टर र मेसन तालिम प्रदान गरिएको हो । सहभागीहरुलाई गापा अध्यक्ष थपलियाका साथै, उपाध्यक्ष वीरबहादुर तामाङ, प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालले प्रमाणपत्र प्दान गरे ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सदुपयोग गर्न उपाध्यक्ष वीरवहादुर तामाङले सहभागीहरुलाई आग्रह गरे । सिप सिकेर त्यसलाई वयवहारमा उतारेर स्वरोजगार वन्ने अवसरको सदुपयोग गर्न प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालको भनाई छ ।











































