भीरमा लडेर युवकको मृत्यु
विदुर-नुवाकोटको पुर्वी भेगमा रहेको ककनीमा भीरवाट लडेर एक युवकको मृत्यु भएको छ । शव परिक्षणका लागि सरकारी अस्पतालमा राखिएको छ ।
ककनी गाउंपालिका ६ झाग्रे खोल्सामा ३२ वर्षिय एचवि लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लडेर ज्यान गएको प्रारम्भिक विवरण आएकको छ, प्रहरीले यस घटनाको विशेष रुपमा अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षण विक्रम लामाले जानकारी दिए ।
ककनी गापाको चौतिसकिलो घर भएका लामाको शव झाग्रे खोल्सामा चारसय ५० मिटर माथि भिरबाट लडेर पानीमा डुबेर उत्तानो परेको मृत अबस्थामा फेला परेको डिएसपि लामाले वताए । लामाको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ लगिएको छ ।
मृतक लामा ककनीको स्याखुस्थित ससुराली घर गएर मंगलवार आफ्नी श्रीमती .२७ वर्षिया सीतामाया तामाङसंग घरायसी विवाद परेर निस्की हिडेकोमा आफन्तले खोज्दै जाने क्रममा ससुराली घर भन्दा २ किलोमिटर उत्तरतर्फ रहेको भीरको तल शव फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएकाले यस सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।











































