छुट्टाछुट्टै दुर्घटनामा तीन घाइते
काठमाडौंमा उपचार जारी

बिदुर–नुवाकोटको विभिन्न सडकमार्गमा विहीवार दुई छुट्टाछुट्टै दुर्घटना भएको छ । सडकमार्गको विस्तारसंगै दुर्घटनासमेत वढिरहेको छ ।
नुवाकोटको काठमाडौ–छहरे–त्रिशूली सडकखण्डमा मोटरसाइकल र त्रिशूली–वेत्रावति सडकखण्डमा मालवाहक डिव्वा दुर्घटना भएको हो । दुवै दुर्घटनामा तीन जना घाइते भएका छन् ।
काठमाडौ–छहरे–त्रिशूली सडकखण्डमा रहेको लिखु गाउंपालिका.–३ ढिकुरे पुल नजिक ढिकुरे भलाद्मीडाँडा जाने भित्रि सडकखण्डमा पाँडेगाउँबाट ढिकुरेतर्फ आउँदै गरेको वागमति प्रदेश २०५६प५३१५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकसहित दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा त्यसका चालक लिखु १ का ४५ वर्षिय मसला नेपाली र मोटरसाइलको.पछाडि वसेका लिखु .–३ का ७१ वर्षिय गोबिन्दबहादुर घाईते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकार िदिए । उनका अनुसार उनीहरुको नुवाकोट अस्पताल त्रिशूलीमा प्राथमिक उपचार पश्चात थप उपचाको लागी काठमाडौ धापासीको ग्रिनसिटि अस्पतालमा उपचार भइरहेको छ ।

यसैवीच, नुवाकोटकै त्रिशूली–वेत्रावति सडकखण्डमा विहीवारै मालवाहक एउटा डिव्वा दुर्घटना भएको छ । विदुर नपा १० स्थित सडकमार्गमा भएको दुर्घटनामा सोही डिव्वाका चालक घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ ।
सडकमार्गको पहुंचतासंगै यातायातका साधनहरु नुवाकोटमा दुर्घटना हुन्े क्रम वढिरहेको सर्वसाधारणको गुनासो छ । नुवाकोटका सवै सडकमार्गमा टाइमकार्ड लागू गरि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने माग वढेको छ ।
८१ वर्षिय वृद्धद्वारा आत्महत्याः
नुवाकोटको बाडाचौतारामा विहीवार वेलुकी एक जना वयोवृद्ध झुण्डिएको अवस्थतामा मृत फेला परेका छन् । वृद्धले आत्महत्या गरेको जनाइएको छ ।
बिदुर नगरपालिका.–५ बाडाचौतारा बस्ने ८१ वर्षिय होमनाथ रिमाल आफ्नै घरको माथिल्लो तल्लामा वेलुकी झुण्डिएको अवस्थामा फेलाा परेका हुन् । कोठाको ढोकाको माथी रहेको फलामको ग्रिलमा खादाको पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
सात छोरा चार छोरीसमेत रहेका ८१ वर्षिय वृद्ध झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले त्यसको विशेष रुपमा अनुसन्धान गरिरहेको छ । वयोवृद्धले आत्महत्या गर्नुपर्ने घटनाको विशेष रुपमा अनुसन्धान सुरु गरिएको डिएसपि लामाको भनाई छ ।