पुरस्कारको आधा रकम मन्दिरलाई

सामाजिक सेवा प्राथमिकतामा
लोकखबर
२७ बैशाख २०८२, शनिबार १३:३९

विदुर–सामाजिक सेवालाई प्राथमिकता दिदै नुवाकोटकी एक महिला उद्यमीले आफुले प्रापत गरेको पुरस्कारको रकम मन्दिरलाई हस्तान्तरण गरेकी छन् । महिला उद्यमी संघ नुवाकोटकी अध्यक्ष तथा ब्यवसायी गीता अमात्यले आफूले प्राप्त गरेको पुरस्कारको आधा रकम आफ्ना दिवंगत माताहरुको स्मृतिमा गौरेश्वर धामलाई प्रदान गरेकी हुन् ।
न्यू बिजनेश एज लिमिटेडले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अमात्यले ५१ हजार रुपैयाँ नगदसहित ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड प्राप्त गरेकी थिइन् । अमात्यले शुक्रवार बिदुर नगरपालिका ३ स्थित त्रिशूली नदी किनारमा निर्माणाधीन गौरेश्वर धाममा पुगेर आफुले पाएको पुरस्कारको आधा रकम हस्तान्तरण गरेकी हुन् ।
उनले धामको आर्थिक समितिका संयोजक हरिमान नगरकोटीलाई आफ्ना दिवंगत माताहरु भद्रकुमारी अमात्य र पूर्णकुमारी अमात्यको स्मृतिमा २५ हजार रुपैयाँ प्रदान गरेक हुन् । अमात्यले प्रदान गरेको रकमबाट मन्दिरमा एउटा शिबलिंङ्ग स्थापना गरिने मन्दिर संरक्षण समितिले जनाएको छ ।