संगठन विस्तारमा रास्वपा

वडासंगै पालिका अधिवेसन
लोकखबर
२७ बैशाख २०८२, शनिबार १६:२३

विदुर-प्रतिपक्षि दल राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटमा संगठन विस्तार कार्य गरिरहेको छ । सो दलले वडा तथा पालिका तहको अधिवेसन गरिरहेको छ ।
चार वर्ष अगाडि नयां शक्तिको दावी गर्दै दर्ता भएको रास्वपाले हालसम्म नुवाकोटको १२ वटै पालिकामा तदर्थ समिति गठन गरिसकेको जनाएको छ । विदुर नगरपालिका र म्यागङ गापामा  प्रथम अधिवेसनमार्फत नयां समिति गठन भइसकेको छ ।
विदुरमा भरतवहादुर पुलामीमगर र म्यागङमा मंगल तामाङको अध्यक्षतामा पांच वर्षे कार्यकालका लागि समिति गठन भइसकेको रास्वपा नुवाकोटका अध्यक्ष रामेश्वर गजुरेलले जानकारी दिए । उनका अनुसार ८८ वडामध्ये ५३ वडामा अधिवेसनमार्फत नयां समिति निर्वाचित भइसकेको छ ।
आगामी असारभित्र वांकी रहेका वडाहरु र असोजभित्र सवै पालिकाको अधिवेसन सम्पन्न गरिसक्ने लक्ष्य अनुसार गृहकार्य भइरहेको अध्यक्ष गजुरेलले वताए । उनका अनुसार हालसम्म सो दलको नुवाकोटमा तीनहजार एकसय सदस्य भइसकेका छन् भने आठहजार आठसय सदस्य संख्या पु¥याइने लक्ष्य रहेको छ ।
तदर्थ समिति गठन गरेर अध्यावधिक भइसकेको वडाहरुको अधिवेशन निरन्तर संचालन भइरहेको रास्वपा नुवाकोटकी कोषाध्यक्ष जानुका सापकोटा खतिवडाले वताइन् । वडा तथा पालिका अधिवेसनमा अध्यक्ष गजुरेलका साथै जिल्लास्तरिय नेताहरुसहित क्षेत्र नं. २ का प्रत्यासी तथा महाधिवेसन प्रतिनिधि सुमन पाण्डे, केन्द्रीय वित्त तथा पुंजी आयोगका सदस्य दिनेश आचार्यलगायत क्रियाशील भएको सो दलको जिल्ला कार्यालयले जनाएको छ ।