एमाले तादीको अधिवेसन

विदुर–सत्तारुढ दल नेकपा एमाले नुवाकोटले संगठन विस्तार अभियानलाई तिव्रता दिएको हो । जसअन्र्तगत एमाले तादी गाउँ संगठन कमिटीको दोश्रोे अधिबेशन खरानीटारमा सम्पन्न भएको छ ।
अधिवेसन अन्र्तगत शनिवार भएको मतदानमा आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धाबाट पदाधिकारी चयन गरिएको हो । यससंगै आगामी दुई वर्षे कार्यकालका लागि नया.( कार्यसमिति चुनिएको हो ।
मतदानवाट अध्यक्षमा माधबप्रसाद मैनाली निर्वाचित भए । संस्थापन पक्षका मैनालीले ६१ मत पाएर विजयी हुंदा उनीसंग संस्थापन इतरका ६० मत ल्याएर राजकुमार ओझा एक मतले पराजित भए ।
उपाध्यक्षमा प्रेमवहादुर तामाङ निर्विरोध भए । सचिबमा भएको मतदानमा संस्थापन पक्षका रामवहादुर तमाङले ६९ मत पाएर विजयी भए ।
उनका निकटतम खड्गवहादुर पण्डितले ४७ मतमा चित्त वुझाए । मतदानमा एकसय २८ मध्ये एकसय २२ मत खसेको थियो ।
उपसचिबमा वीरबहादुर तमाङ र अस्मिता तामाङ निर्विरोध चुनिए । सदस्यहरु सवै पद निर्विरोध चयन भएका छन् ।
लेखा कमिटी संयोजकमा गोपाल आचार्य निर्वाचित भए । एमालेलाई जनमानसमा क्रियाशील गराउनका लागि पहिले सर्वसम्मतको पहल, नसके लोकतान्त्रिक प्रक्रिया अर्थात मतदानवाट नयां कार्यसमिति चयन गरिएको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले वताए ।