पुर्व वडाध्यक्षको निधनले गापामा शोक विदा
पालिका एक दिन विदा
विदुर–नुवाकोटको सूर्यगढी गाउँपालिकाका पुर्व जनप्रतिनिधिको निधन भएपछि सो गापाले सार्वजनिक विदा दिएको छ । सुर्यगढी–२ का पूर्व वडाध्यक्ष बासुदेव अधिकारीको उपचारको क्रममा आइतवार निधन भएको हो ।
अधिकारीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममो निधन भएको सुर्यगढ़ी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेतामाङले जानकारी दिए । घलेतामाङले पुर्व वडाध्यक्ष अधिकारीको निधन भएको कारण गापामा एक दिन शोक विदा दिइएको जनाए ।
नेपाली कांग्रेसबाट गत २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा ५८ वर्षिय अधिकारी सुर्यगढ़ी २ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । आइतवार सुर्यगढी गापा अन्र्तगतका कार्यालयहरुमा शोक विदा दिइएको हो ।











































