राष्ट्रसेवक कर्मचारीको अधिवेसन
विदुर–राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अधिवेसन पर्यटकिय ककनीमा सम्पन्न भएको छ । अधिवेसनले सर्वसम्मत रुपमा नयां कार्यसमिति चयन गरेको छ ।
समाजकोे अधिवेसनका सन्दर्भमा राष्ट्रसेवामा कार्यरत, पद वढुवा भएका र सेवा निवृत्त भएकाहरुलाई सम्मानित गरेको छ । अधिवेसनले समाजकोे अध्यक्षमा नुवाकोटको मदानपुरका उदयबहादुर रानामगर चयन भएका छन् ।
मुख्य पर्यटकिय स्थल ककनीमा भएको समाजको सातौं अधिवेसनले रानामगरको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेसनले वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, कोषाध्यक्षमा कृष्णराज खतिवडा र सहसचिवमा विनोद न्यौपानेलाई चयन गरेको छ ।
समाजको सदस्यहरूमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक चयन भएका छन् । समाज नुवाकोट घर भई राष्ट्रसेवामा कार्यरत कर्मचारीहरुको संस्था हो ।
समाजले राष्ट्रसेवामा प्रवेश गरेका रूपा तामाङ, कृष्ण देवकोटा, रेशम तामाङ, रामचन्द्र कोइराला, डा. सौरभ श्रेष्ठ, रामप्रसाद अधिकारी र सूर्यबहादुर तामाङलाई सम्मान गरेको छ । पद बढुवा भएका जंगबहादुर अर्याल, डा. मनोज केसी, पार्वती तामाङ, पारस पण्डित र राजु प्याकुरेललाई पनि सम्मान गरेको छ । यस्तै सेवा निवृत भएका वद्रीप्रसाद अर्याल, ज्ञानबहादुर अधिकारी, होमनाथ थपलिया र यादवप्रसाद गजुरेललाई पनि सम्मान गरेको छ ।
अधिवेसनले ९ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । डा केदारनरसिंह केसी, रूद्रसिंह तामाङ, तुलसीप्रसाद सिटौला, रामप्रसाद थपलिया, पुष्पराम केसी, डा. मनोज केसी, सुदर्शन भण्डारी, बासुदेव गुरागाई, जंगबहादुर अर्याल रहेका छन् ।











































