सरकार दीर्घकालीन सोचमा अगाडि वढिरहेको उपप्रधानमन्त्रि सिंहको भनाई

तोकिएकै समयसम्म सरकार टिक्छ
लोकखबर
२०८२ बैशाख २९, सोमबार २१:५९

त्रिशूली-उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार दीर्घकालीन सोचमा केन्द्रीत भएर अगाडि वढिरहेको वताएका छन् । दुई दलवीचको वर्तमान सरकार तोकिएकै समयसम्म जानेसमेत सिंहले वताए ।
रसुवाको कालिका गाउंपालिकाको कालिकास्थानस्थित कालिका हिमालय माविको सोमवार स्वर्णजयन्तीको उद्घाटन गर्दै उपप्रधानमन्त्रि सिहंले यो सरकार दुई दलवीचको वलियो खम्वाजस्तै वलियो रहेको उल्लेख गर्दै सहमति अनुसार नै अगाडि वढिरहेको वताए । उनले जनभावना अनुसार सरकारले कार्य गरिरहेकोसमेत वताए ।
सिंहले मुलुकमा दीर्घकालीन राजनीतिक स्थायित्व तथा समुन्नत विकास सुनिश्चित गर्नकै लागि ठुला दलहरु कांग्रेस र एमालेबीच सहकार्य भएको र यो इतिहासमै वलियो रहेकोसमेत वताए । सिंहले देशका लागि सरकारले रचनात्मक कार्य प्रारम्भ गरेको स्पष्ट पारे ।
सिंहले विगतमा देखिएको सरकारको अस्थिरताले जनजीवनमा नकारात्मक प्रभाव पारेकोप्रति चिन्ता व्यक्त गर्दै यो सरकार जनताका जीवनोपयोगी प्राथमिक आवश्यकतालाई सम्बोधन गर्दै उत्तरदायी तथा दूरदर्शी शासन प्रणालीमार्फत समृद्धिको यात्रामा अगाडि वढिरहेकेसमेत वताए । “यो सरकार अस्थिरता होइन, उत्तरदायित्व र दीर्घकालीन सोचमा आधारित भएर अगाडि बढेको छ,” सिंहले भने ।
उपप्रधानमन्त्रि सिंहले सहमति अनुसार सरकारले आफ्नो कार्यकाल पुरा गर्ने प्रष्ट पारे । उनले प्रधानमन्त्रि केपी शर्माओलीको समयावधिपछि कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्रि हुनेसमेत वताए ।
सिंहले शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा क्षेत्रको सुदृढीकरणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे । साथै, उनले शिक्षण क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न सरकार कटिबद्ध रहेको भन्दै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई ढुक्क भएर पठनपाठनमा ध्यान दिन अनुरोध गरे ।
शिक्ष क्षेत्रको विकास र परिवर्तनका लागि सरकारले एउटा विशेष कार्य गरिरहेकोसमेत सिंहले वताए । सोही अवसरमा विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मानसमेत गरेको छ ।
स्वर्ण जयन्तीकै अवसरमा विद्यालयमा अध्ययन गरेर उच्च तहमा पुगेका छात्र, छात्रा तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका साथै पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो । विद्यालयले एकैपटक ५० जना भन्दा वढिलाई सम्मान गरेको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, राजन केसी तथा संविधान सभा सदस्य जर्नादन ढकाल, वागमति प्रदेश सभा सदस्य प्रभात तामाङ, इन्द्र गौतम जगतजंग, कालिका गापा अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्डका अध्यक्ष नुर्वुसाङ्वो घले, आमाछोदिङ्मोका अध्यक्ष वुचुङ तामाङलगायतले शिक्षा क्षेत्रको विकास र महत्वका सम्वन्धमा चर्चा गरेका थिए ।


सर्वाधिक रुचाइएको