त्रिशूली नदीमा दुई किशोरी वेपत्ता
खोजी कार्य जारी

विदुर–नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् । खोजी कार्य भइरहेको छ ।
बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार वेलुकी त्रिशूली नदीले वगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्थानीय ११ वर्षिया जेनी डंङ्गोल सोही उमेरकी सदिक्षा राई नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार नदी डुवेर वेपत्ता दुवै किशोरीहरुको खोजी कार्य जारी रहेको छ । उनीहरु दुवै स्थानीय शिलादेवी माद्यामिक विद्यालयमा अध्ययनरत रहेका थिए ।