पासाङल्हामु मार्ग पुर्ननिर्माणका लागि संसदमै वजेट माग

विदुर–नुवाकोटको आर्थिक, सामाजिक, पर्यटन तथा विकासका दृष्टिले निकै महत्वपुर्ण पासाङल्हामु मार्गको पुर्ननिर्माणका लागि सरकारले वजेट छुट्याउनु पर्ने संसदमा माग उठेको छ । मर्मतका नाममा सो सडक एक दशकदेखि जीर्ण तथा खण्डहर भएका कारण त्यसको पुर्ननिर्माणका लागि सरकारले वजेट विनियोजन गर्नु पर्ने सांसदले माग गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बुधबार नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले पासाङल्हामु मार्गको बालाजु–रानीपौवा–पिललटार–त्रिशूली सडक स्तरोन्नतीका लागि बजेट विनियोजन गर्नुपर्ने माग गरेका हुन् । २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त सडक हालसम्म पनि स्तरोन्नत्ति नभएको र पछिल्लो दुई आर्थिक वर्षमा त्यसका लागि सरकारले बजेट विनियोजन नगरेको जनाउंदै सांसद् केसीले उक्त सडक नुवाकोटको मात्रै नभई रसुवाका लागि पनि उत्तिक्कै महत्वपुर्ण रहेका कारण आगामी आर्थिक वर्ष २०८२/०८३ को वजेटमा समावेश गरिनु पर्ने माग गरेका हुन् ।
‘मर्मत सम्भारको नाममा नुवाकोटको पहिचान वनाएकको उक्त पुरानो बाटो सबै क्षतिग्रस्त गराइएको छ, बाटो क्षतिग्रस्त र असरल्ल छ, ।’ उनले अगापिड भने, ‘मेरो मर्यादा र संस्कारले दिँदैन, तर यसपटक पनि त्यो बाटोलाई बजेट परेन मैले बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्नुको विकल्प छैन् ।’
आफु आवद्ध दल गठबन्धन सरकारमै सामेल भए पनि आफनो पहिलो प्राथमिकता जिल्लाका जनता भएको जनाउंदै केसीले अर्थमन्त्रीसँग त्यसका लागि विशेष आग्रह गरे । प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथी छलफलमा भागलिदै जिल्लाको बिकास निर्माणको संम्बन्धमा उनले पासाङल्हामु मार्ग नुवाकोटको पर्यटकिय, ऐतिहासिक र महत्व वोकेको भएका कारण यसलाई जसर िभएपनि पुर्ननिर्माण गर्नुपर्ने माग गरे ।
सो सडकका लागि यसपटक पनि बजेट विनियोजन नभए बजेट पुस्तिका नै च्यात्ने सांसद केसीले चेतावनी दिएका हुन् । पासाङल्हामु मार्गको वालाजु–रानीपौवा–पिपलटार–त्रिशूली सडकखण्ड ७० किलोमिटर दुरी रहेको छ ।
उक्त सडकमार्गको पुर्ननिर्माणको माग गर्दै केहि दिन अगाडि मात्र पुर्व प्रदेशमन्त्रिसहितको टोलीले उपप्रधान तथा अर्थमन्त्रि विष्णु पौडेल र भौतिक पुर्वाधार तथा यातायातमन्त्रि देवेन्द्र दाहालसमक्ष मागपत्र पेश गरेका थिए । लामो समयदेखि उक्त सडक जीर्ण हुदा लाखौं जनतालाई प्रभाव परिरहेको स्थानीयवासीले वताए ।
जीर्ण र जोखिमपुर्ण रहेको पासाङल्हामु मार्ग पुर्ननिर्माण गरिनुपर्नेलगायतको माग राखी नुवाकोटवासीको तर्फवाट नेकपा एमाले नुवाकोटले सरकारसमक्ष माग गरेको थियो । नुवाकोटको प्रमुख मार्गको रुपमा रहेको पासाङल्हामु मार्ग मर्मतका नाममा हालसम्म वेवारिसे वनेको कारण त्यसको पुर्ननिर्माणका लागि आवस्यक वजेट विनियोजन गर्न माग गरिएको छ ।
उक्त सडकमार्गको पुर्ननिर्माण आवस्यक रहेको जनाउंदै सरकारको ध्यानाकर्षण गराइएको हो । ट्राउट हाइवे र पर्यटकिय ककनी हुदै जाने सो सडकमार्ग मर्मत र पुर्ननिर्माणका नाममा एक दशकदेखि जीर्ण र वेवारिसे रहेको छ ।
उक्त सडक वर्खामा हिलाम्मे र हिउंदयाममा धुलाम्मे हुंदा नुवाकोटका लाखौं जनता प्रताडित हुनुपरेको जनाउंदै उपप्रधान तथा अर्थमन्त्रि विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष २६ वुंदे माग पेश गरिसकेका छन् ।
नुवाकोटको परिवर्तन, विकास र समृद्धिका लागि नेकपा (एमाले)ले २६ वुंदे मागपत्र सम्वन्धित मन्त्रिसंग भेट गरेर वुझाइसेको छ । नुवाकोटको अधिकांश जनताको विकास र समृद्धिका लागि आवश्यक योजना समेटिएको उक्त मागपत्र एमाले नुवाकोटका इन्चार्ज तथा वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्रि केशवराज पाण्डे र एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्व कृषिमन्त्रि बद्री मैनालीलगायतको टोलीले मन्त्रीद्वय समक्ष जीर्ण पासाङल्हामु मार्गको पुर्ननिर्माणलगायतका विविध मागपत्र वुझाएका हुन् ।
एमालेले सो सडकका लागि एक अर्व ५० करोड रुपैया वजेट आवस्यकता रहेको ठहर गरेको छ । एमाले नुवाकोटले प्रदान गरेको मागपत्रमा नुवाकोटबाट पहिचान गरिएका महत्वपूर्ण पूर्वाधार तथा विकास योजना समावेश गरिएका छन् ।