सामुदायिक कुकुरहरुको वन्ध्याकरण

गाउंमै पुगेर सेवा
लोकखबर
२ जेष्ठ २०८२, बिहीबार १५:२७

विदुर–नुवाकोटको बेलकोटगढीमा सर्वसाधारणको सुविधाका लागि कुकुरहरुको स्थायी वन्ध्याकरण सेवा सन्चालन गरिएको छ । यसवाट सामुदायिक कुकुर तथा कुकुर पालकहरु लाभान्वित भएका छन् ।
बेलकोटगढी नगरपालिकाको सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम अन्र्तगत सो कार्यक्रमको सुरुवात गरेको हो । पहिलो चरणमा बेलकोटगढी नपा १० वेलकोटबाट यसको सुरुवात गरिएको नपाले जनाएको छ ।
कार्यक्रम अन्र्तगत कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउनुका साथै सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको पशु चिकित्सक अन्जु शर्माचापागाइले जानकारी दिइन् । उनले यस कार्यक्रमवाट आम सर्वसाधारणलाई कुकुरवाट सुरक्षा हुनुका साथै सामुदायिक कुकुरहरुको व्यवस्थापनमा मद्धत पुगेको छ ।
यसअघि, उक्त अभियानको बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले उद्घाटन गरेका थिए । उनले आम सर्वसाधारणको सुविधाका लागि कार्यक्रमलाई निरन्तरता दिइने वताए ।