कारागारका वन्दीहरुको स्वास्थ्य परिक्षण
आयुर्वेद उपचारद्वारा परिक्षण

विदुर–बिदुर नगरपालिका ६ स्थित केन्द्रीय कारागार नुवाकोटमा रहेका कैदीबन्दीहरूको स्वास्थय परिक्षण गरिएको छ । आयुर्वेद उपचार प्रणालीमार्फत वन्दीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
स्थित केन्द्रीय कारागार नुवाकोटको आयोजना र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको प्राविधिक सहयोगमा वन्दीहरुको पाईल्स, फिस्टुला र फिसर सम्बन्धि समस्याहरूको आयुर्वेद प्रणालीद्वारा स्वास्थ्य परीक्षण गरिएको हो । केन्द्रीय कारागारामा रहेका पुरुष बन्दीकैदीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको कार्यालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए । 

उनका अनुसार चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरी ६५ जना पुरुष बन्दीकैदीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।
परीक्षणमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीको नेतृत्वमा स्वास्थ्य प्राविधिक टोलीले बन्दीकैदीको स्वास्थय जाँच गर्नुका साथै आवस्यक परामर्श दिएको हो ।
बन्दीहरूको पाईल्स, फिस्टुला र फिसर सम्बन्धि समस्याहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार चित्रकारले जानकारी दिए ।


यस प्रकारका शिविरलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । केन्द्रीय कारगार नुवाकोटमा सातसय ८३ जना केन्दीवन्दी रहेका छन् ।