पर्यटनमार्फत विकास आवस्यकः कांग्रेस प्रवक्ता

युवा संरक्षणमा जोड
लोकखबर
२ जेष्ठ २०८२, बिहीबार १९:२४

विदुर–नेपालमा अव पर्यटनमार्फत स्थानीय क्षेत्रको विकास र प्रवद्र्धन गरिनुपर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको भनाई छ । उनले युवा संंरक्षित कार्यक्रम ल्याइनुपर्नेमा जोड दिदै पर्यटन र कृषिमार्फत देशको विकास गरिनुपर्नेमा जोड दिए ।
नुवाकोटको पर्यटकिय ककनीमा आयोजित कार्यक्रममा पुर्व अर्थमन्त्रिसमेत रहेका डा महतले नेपालमा अव स्थानीय श्रोत र साधनको व्यापक सदुपयोग गरि युवा पलायन रोक्नुपर्नेसमेत वताए । उनले पर्यटन र कृषिमार्फत युवामार्फत देशको विकास गर्न सकिने दावी गरे ।
कांग्रेस प्रवक्ता डा महतले कृषि उत्पादन वृद्धि गर्दै आन्तरिक तथा वाह्य पर्यटन भित्राउन सके त्यसबाट आउने रकमबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताए । “परम्परागत कृषि प्रणालीलाई अहिलेका युवामार्फत सुदृढीकरण गर्दै आधुनिकीकरण र व्यवसायीकरणतर्फ लम्काउन जोड दिनुपर्छ”, पूर्व अर्थमन्त्री महतले भने ।
“स्थानीयस्तरमा उत्पादित कृषिउपज सामग्रीको उपभोगका लागि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने कार्यक्रम ल्याउनुपर्ने वताए । उनले निःशुल्क पाएका प्राकृतिक सौन्दर्यता र हाम्रा पुर्खाका पौरखले बनेका धार्मिक एवं सांस्कृतिक सम्पदा देखाइ आम्दानी गरि मुलुकलाई समृद्धि बनाउन सकिन्छ”–डा. महतले अगाडि भने ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीमा रहेको सरकारलाई डा. महतले युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण बनाउन उनीहरुलाई सीप विकास, क्षमता वृद्धि, अनुदान तथा सहायतासहित उद्यमी बनाउने कार्यक्रम समावेश गर्न सुझाव दिए । प्रि–बजेटको तयारीका क्रममा पूर्व अर्थमन्त्रीहरूसँग हुने छलफलमा उच्च शिक्षा अध्ययनका नाममा धेरै रकम खर्चिएर विदेश जाने युवालाई स्वदेशमै अध्ययनको प्रबन्ध मिलाई उद्यमी बन्ने कार्यक्रम समावेश गराउन जोड दिनुपर्ने उनको भनाई छ ।
उनले सरकारले पासाङल्हामु मार्गको रानीपौवा–पीपलटार सडकखण्ड पुर्ननिर्माणका लागि आवस्यक वजेट विनियोजन गर्नुपर्ने वताए । आफुहरुकै पहलमा अहिले सो सडकअनर्तगत तीनपिप्ले–रानीपौवा सडक खण्डमा भने काम भई रहेको र आगामी वर्ष सम्पन्न गनुृ पर्ने वताए ।
सो सडकका लागि चालु आर्थिक बर्षमा ४० करोड बिनियोजन हुनु पर्नेमा ४ करोड मात्र बिनियोजन गरेकोले सोचेजति काम हुन नसकेको उनको भनाई छ । सरकारले अब रानीपौवा– पिपलटार सडकखण्डको पुर्ननिर्माण र मर्मतका लागि आवस्यक वजेट विनियोजन गर्नुपर्ने डा. महतको भनाई छ ।