एकैपटक तीन स्वास्थ्यकेन्द्र भवन उद्घाटन

भारत सरकारको सहयोग, उद्घाटनसंगै सेवा सन्चालन
लोकखबर
२०८२ जेष्ठ २, शुक्रबार २०:०६

विदुर–सर्वसाधारणको सुविधाका लागि नुवाकोटको तारकेश्वरमा एकै पटक तीन वटा स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । भारत सरकारको सहयोगमा भवनको निर्माणसंगै उद्घाटन गरेर स्वास्थ्य सेवाससमेत सन्चालन गरिएको हो ।
भारतीय दुतावासको लगानीमा तारेकश्वर गाँउपालिकामा एकपटक तीनवटा स्वास्थ्य केन्द्र भवन निर्माण गरि उद्घाटन भएको हो । तारकेश्वर गापा ३ को जोरचौतारा र तारुका स्वास्थय आयुर्वेद भवन तथा तारकेश्वर ४ को थप वुधसिङ स्वास्थ्य केन्द्र भवनको एकैसाथ उद्घाटन गरि सर्वसाधारणका लागि सेवा सन्चालन गरिएको हो । भुकम्प प्रतिरोधी आधुनिक पक्कि तीन वटै भवन कुल ६ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न भएको तारकेश्वर गापा कार्यालय वुधसिङले जनाएको छ ।
न्वनिर्मित भवनको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी (अविरल)ले एकैपटक उद्घाटन गरे । उनले सर्वसाधारणलाई नियमित र प्रभावकारी रुपमान स्वास्थय सेवा सन्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएर हस्तान्तरणको पखाईमा रहेका तीनवटै पक्कि स्वास्थय भवनलाई अध्यक्ष अधिकारीले उद्घाटन गरेसगैँ स्वास्थ्य सेवा नयाँ भवनबाट सञ्चालनमा ल्याइएको हो । एकै पटक तारकेश्वरं ३ मा निर्माण गरिएको तारुका आयुर्वेद औषधालय भवन र तारुका स्वास्थ्य चौकी भवन तथा तारुका ४ वुधसिङमा निर्माण गरिएको थपबुधसिंह स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै सर्वसाधारणलाई कठिनाईको साथ सेवा दिनुपर्ने बाध्यताका कारण भवनवाट सेवा सुचारु गरिएको वताए ।
यसअघि, अस्थायी तथा साँघुरो संरचनावाट स्वास्थ्य सेवा दिदै आएका ति स्वास्थ्य केन्द्रहरु अव सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा ल्याई सेवा प्रवाह र सेवाग्राहीलाई सहज बनाइएको अध्यक्ष अधिकारीको भनाई छ । विभिन्न निर्माण कम्पनीले ठेक्काबाट बनाइएका ति सुविधासम्पन्न भवन एकवर्ष अघिनै सम्पन्न भएपनि सम्वन्धित पक्षबाट भवन हस्तान्तरण नगरेको कारण आम सेवाग्राहीका लागी गाउंपालिकाले भवन उद्घाटन गरेर सेवा सन्चालन गरेको अधयक्ष अधिकारीको भनाई छ ।
अध्यक्ष अधिकारीले अगाडि भने– “स्थानीय सरकारले जनताको स्वास्थ्य उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौ । सेवा सन्चालनको गुणस्तर बृद्धि र सेवा सहज बनाउन भवन अत्यावश्यक हुने भएकाले निर्माण सम्पन्न गरेर राखिएका भवनलाई पालिकाले स्वामित्वको जिम्मेवारी लिदै सञ्चालनमा ल्याएको हो ।”
नयाँ भवनबाट स्वास्थ्य सँस्थामा औषधि भण्डारण तथा उपकरणको व्यवस्थापन प्रभावकारी बनाउन र बिरामी परिक्षण तथा लागी आवश्यकता अनुसार शैह्या (बेड) निर्माण गर्न सहज भएको छ । यसबाट बिरामीले पाउने सेवा गुणस्तरीय एंव प्रभावकारी हुने गापाको विश्वास छ ।
अध्यक्ष अधिकारीले उद्घाटन गरेसगैँ सञ्चालनमा ल्याइएको तीनवटै भवन सघन शहरी तथा भवन निर्माण योजना कार्यालयले ठेक्का लगाएर बनाइएको हो । प्रत्येक भवनको निर्माणमा दुई करोड रुपैया भन्दा बढी लगानी भएको छ ।
स्वास्थ्य केन्द्र भवन उद्घाटन कार्यक्रममा तारकेश्वर १ का वडाध्यक्ष चक्रवहादुर तामाङ तामाङ, २ का वडाध्यक्ष शिवप्रसाद पनेरु, ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठ, ४ का वडाध्यक्ष हरिबहादुर पौडेल, स्वास्थ्य शाखा प्रमुख छविलाल केसीलगायतले जनताको स्वास्थ्य सुरक्षाको लागी तारकेश्वर गापाले बजेट तथा कार्यक्रममा प्राथमिकता दिएर स्वास्थ्य तथा अनय सेवाहरु सन्चालनमा धेरै सुधार गर्दै आएको दावी गरे । उता, तारकेश्वर ३ चन्दनीमा निर्माण गरिएका तारुका आयुर्वेद औषधालय भवनको उद्घाटन कार्यक्रममा जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नुवाकोटका प्रमुख डा.नरेन्द्रप्रसाद गिरीले नुवाकोटमा स्वास्थ्य सेवा प्रभावकारी रहेको दावी गरे ।
आयुर्वेदप्रति आमसर्वसाधारणको चासो वढिरहेको जनाउंदै उनले तारकेश्वर गाँपाले सर्वसाधारण विरामीको स्वास्थ्य सेवालाई विभिन्न कार्यक्रममार्फत दिदै आएको सेवा प्रवाहको प्रशंसा गरे । गाउंबासी ज्येष्ठ नागरिक, महिला तथा बालबालिका, वालवालिकालगायतलाई फरक÷फरक कार्यक्रममार्फत रोग लाग्नु भन्दा पहिले नै स्वास्थ्य सचेतना गर्ने, रोग पहिचानको लागी नियमति स्वास्थ्य परिक्षण गर्ने, रोग लागेमा समयमै उपचार सेवा र औषधि उपलब्ध गराउने लगायत कार्य उदाहरणीय रहेको बैकल्पिक चिकित्सालयका प्रमुख डा.गिरीको भनाई छ ।


सर्वाधिक रुचाइएको