एक महिनामा दुप्चेश्वरको भेटी पौने १७ लाख

तीर्थालुहरु वढ्दै
देवचन्द्र भट्ट
२०८२ जेष्ठ २, शुक्रबार २०:१०

विदुर–नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रुपमा भक्तजनहरु वढ्ने क्रम रहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको सहजतासंगै भक्तजनहरु आउने क्रम वढिरहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा गत वैशाख महिनामा मात्र भक्तजनहरुले चढाएको भेट िपौने १७ लाख रुपैया संकलन भएको छ । सो महिनामा दुप्चेश्वरमा १६ लाख ५९ हजार तीनसय ७५ रुपैया भेटी संकलन भएको हो ।
तलब/भत्ता, रासनसहित दुई लाख ४७ हजार रुपैया खर्च भएको छ । वांकी भेटी आम्दानीको रुपमा रहेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ ।
भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । दुप्चेश्वरमा शनिवार, सोमवार र विहीवार धेरै भक्तजनहरु जाने गरेका छन् ।
दुप्चेश्वर मन्दिरमा मध्यान्ह र सन्ध्या आरतीसमेत हुने गरेको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ ।
श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए । यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थामको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । निजी तथा सार्वजनिक यातायात रिवर्भ नै गरेर तीर्थालुहरु दुप्चेश्वर पुग्ने गरेका छन् ।


सर्वाधिक रुचाइएको