खेलकुद महासंघको अधिवेसन
विदुर–नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)को खेलकुद संगठन अखिल नेपाल खेलकुद महासंघ नुवाकोटको दोस्रो सम्मेलन विदुरमा सम्पन्न भएको छ । अधिवेसनले नयां नेतृत्व चयन गरेको छ ।
सम्मेलनले आगामी कार्यकालका लागि निराजन वोगटीको अध्यक्षतामा ३१ सदस्यीय नयां कार्यसमिति चयन भएको छ । महासंघको उपाध्यक्षमा अर्जुन तामाङ, सोनाम तामाङ र राजु तामाङ, सचिवमा समिर गुरुङ, सहसचिमा गंगा थापा, सुनील तामाङ र कोषाध्यक्षमा सनम राई सर्बसम्मत रुपमा चयन भएका छन् ।
यसअघि सम्मेलनको विदुरमा अखिल नेपाल खेलकुद महासघका इन्चार्ज तथा केन्द्रीय सदस्य दीपक कोइरालाले उद्घाटन गरेका थिए । कार्यक्रममा माओवादी नुवाकोट इन्चार्ज हिरानाथ खतिवडा, जिल्ला संयोजक पुष्प लामिछाने अरुण, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, महासघका महासचिव अन्जन धमला, उपाध्यक्ष नवराज ढुंगाना बिस्वास, अखिल नेपाल ट्रेड युनियन महासंघ युवा इन्चार्ज राजेन्द्र न्यौपाने, सचिव गोबिन्दबिक्रम घिमिरे र प्रदीप थापा तथा महासघ कोषाध्यक्ष एलिसा थापालगायतले खेलकुद गतिविधिलाई क्रियाशील वनाउनु पर्नेमा जोड दिए ।












































