३२ औं मदन आश्रित स्मृति दिवस

वक्तृत्वकलाका विजेतालाई पुरस्कार प्रदान, प्रवचन तथा अन्र्तक्रिया
लोकखबर
४ जेष्ठ २०८२, शनिबार १६:५७

विदुर–नुवाकोटमा विविध कार्यक्रम गरि ३२ औं मदन आश्रित स्मृति दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरि मदन आश्रितको योगदानलाई नुवाकोटवासीले सम्झिएका छन् ।
मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा वट्टारमा अन्र्तक्रिया, प्रवचन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । मदन आश्रितको योगदान सम्वन्धि वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
शैक्षिक जनशक्ति पलायन रोकथाममा राज्यको भुमिका विषयक वक्तृत्वकलामा नुवाकोटका विभिन्न विद्यालयवाट १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
वक्तृत्वकला प्रतियोगितामा सुभेनियर वोर्डिङ स्कुलकी सलिना पाण्डे प्रथम, रणभुवनेश्वर माविकी मन्जरी घिमिरे द्वितिय, उत्तरगया वोर्डिङ स्कुलकी कन्चन रैलाले तृतीय र अर्किड एकेडेमीकी सुमीना रिमालले सान्त्वना पुरस्कार थापिन् । उनीहरुले क्रमशः नगद चार, तीन, दुई र एक हजार नगद पुरस्कार पाए ।
शिक्षाप्रेमी वावुराम शर्माअधिकारीले प्रस्तुती उचित लागेर वक्तृत्वकला प्रतियोगितामा सहभागी प्रिन्सेस वस्नेत र ससिका तामाङलाई एकहजार र पांचसय रुपैया नगद प्रदान गर्दै प्रोत्साहन गरे । विजेता तथा उपविजेताहरुलाई पुर्व सांसद तथा शिक्षाप्रेमी नारायणप्रसाद खतिवडा, आयोजक मदन आश्रित स्मृति प्रतिष्ठानका अधयक्ष शिवकुमार मिश्रले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा विजेता विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाईसमेत प्रमाणपत्र प्दान गरिएको छ । यसअघि यक्त कार्यक्रमको वागमति प्रदेशका पुर्वमन्त्रि तथा नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डेले उद्घाटन गरे ।
उनले शिक्षालगायत विविध क्षेत्रमा अहिले पनि जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित (मदन–आश्रित) को योगदानको चर्चा हुने गरेको वताए । मदन आश्रितले देशको परिवर्तनका लागि गरेको योगदान अतुलनीय रहेको पाण्डेले वताए ।
उनले एमाले जनताको बहुदलीय जनवादको दिशानिर्देश बमोजिम अगाडि बढिरहेको र मुलुकको बाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै पार्टी निर्माणमा मदन–आश्रितको देन, उत्सर्ग र समर्पणको कुनै पनि व्यक्तिसंग तुलना हुन नसकने वताए ।
कार्यक्रममा पुर्व सांसद नारायणप्रसाद खतिवडा, एमाले वागमति सदस्य सन्जु पण्डित, प्रल्हाद प्याकुरेल, एमाले पुर्व जिल्ला उपाध्यक्ष वुद्धिवहादुर प्रधान, सचिव शिव चित्रकार, उपसचिव राजेन्द्रप्रकाश पाण्डेलगायतले मदन आश्रितको विचार र योगदानवाट धेरैले अनुसरण गरि अगाडि वढिरहेको वताए । मदन भण्डारी र जविराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।