एक वडा एक व्यायामस्थल निर्माण सुरु

विदुर–सर्वसाधारणको शारिरीक मजवुतीमा जोड दिदै नुवाकोटको विदुर नगरपालिकाले एक वडामा एक व्यायामशालाको निर्माण सुरु गरेको छ । यसवाट नगरवासी खुसी भएका छन् ।
प्रत्येक वडामा एक/एक वटा व्यायामस्थल’’ निर्माण गर्ने विदुर नपाको योजना अनुसार विदुर २ वडावाट सो निर्माण कार्य सुरु गरिएको हो । नपाको लक्ष्य अनुसार नीति तथा कार्यक्रम अनुरुप विदुर–२ विदुरमा ’व्यायाम स्थल’को निर्माण सुरु गरिएको छ ।
निर्मााधिन ’व्यायाम स्थल’को विदुर नपाका मेयर राजन श्रेष्ठले स्थलगत निरीक्षण अवलोकन गरि पारदर्शी, गुणस्तरिय र प्रभावकारी कार्य गर्न निर्देशन दिएका छन् । उनले निर्माणको अन्तिम चरणमा रहेको व्यायाम स्थलको काम गुणस्तरीयसहित समयभित्रै समपन्न गर्नसमेत निर्देशन दिएका छन् ।
सो ’व्यायाम स्थल’ विदुर नपा र स्थानीय जनसहभागिताबाट निर्माण सुरु गरिएको हो । विदुर नपाका १३ वटै वडामा ’व्यायाम स्थल’ वनाउने योजना रहेको मेयर श्रेष्ठको् भनाई छ ।