कलाकार मनिषा कोइराला नुवाकोटमा

ऐतिहासिक स्थल र पुरातात्विक वस्तुको प्रवद्र्धनमा जोड
लोकखबर
४ जेष्ठ २०८२, शनिबार २३:११

विदुर–अभिनेत्री मनिषा कोइराला नुवाकोट आएकी छन् । उनले नुवाकोट मनामाहेक र आकर्षक रहेको वताइन् ।
वरिष्ठ कलाकार कोइराला शनिवार नुवाकोट आएर ऐतिहासिक, पुरातात्विक, धार्मिक सम्पदाहरुको भ्रमण गरिन् । उनले स्थानीय सम्पदा तथा विभिन्न धार्मिक, ऐतिहासिक वस्तुको प्रशंसा गरिन् ।
उनले नुवाकोटको प्रसिद्ध साततले दरवार, भैरवी मन्दिर, चैत्य, अशोकवाटिका क्षेत्रमा स्थलगत भ्रमण गरेको स्थानीयवासीले जानकारी दिए । चर्चित अभिनेत्री मनिषा कोइरालाको नुवाकोटको भ्रमणमा स्थानीय धार्मिक, पुरातात्विक, सांस्कृतिक पर्टटकिय वस्तुहरुको प्रवद्र्धनमा ठुलो मद्धत पुगेको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।
चार जना सहयोगीका साथ नुवाकोट आइपुगेकी कलाकार मनिषा कोइरालालले नुवाकोट स्वयम्भु र साततले दरबार क्षेत्रमा पैदलै यात्रा गरेको विदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । उनका अनुसार कोइरालाले नुवाकोट क्षेत्र निकै राम्रो रहेको धारणा राखिन् ।
कलाकार कोइरालाले पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेसंगै निर्माण गरेको ऐतिहासिक साततले दरबार निकै कलात्मक रहेको वताइन् । उनले स्थानीय सम्पदाको वास्तुकलामा चमत्कार रहेको वताएकी छन् ।
अभिनेत्री कोइरालाले गरेको महत्वपुर्ण नुवाकोट भ्रमण र प्रशंसासंगै कला क्षेत्रका पारखीहरुले नुवाकोटका विभिन्न स्थानलाई आफ्नो चलचित्र छायांकनको गन्तव्य वनाउने नुवाकोटवासीले अपेक्षा गरेका छन् । नेपाली चलचित्र फेरी भेटौलावाट चलचित्र जगतमा प्रवेश गरेकी कोइराला सन् ९० को दशकमा भारतीय चलचित्रमा चर्चित अभिनेत्रीको रुपमा उदाएकी थिइन् ।