एक घर एक धारा निर्माण सुरु

विदुर– नुवाकोटको विदुर नगरपालिकामा एक घर एक धारा योजनाको निर्माण सुरु भएको छ । उक्र योजना अन्र्तगतको निर्माण कार्य सुरु भएको हो ।
विदुर नगरपालिका –२ नुवाकोट टाकुरोस्थित पर्यटकिय, ऐतिहासिक नुवाकोट दरबार क्षेत्रमा तादी खोलाबाट लिफ्टिङ गरी पिउने पानी पु¥याउनका लागि चार करोडको लागतमा आवस्यक निर्माण कार्य सुरु भएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता गरी नुवाकोट टाकुरोमा एक घर एक धारा पु¥यााउने लक्ष्य अनुसार भइरहेको कार्य क्रमगत रुपले थप निर्माण कार्य भइरहेको विदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।
स्थलगत अनुगमन गर्दै उक्त कार्यको गुणस्तरियता र प्रभावकारिताका लागि सम्वन्धित निर्माण कम्पनीलाई मेयर श्रेष्ठले निर्देशन दिए । सदावहार वगिरहेको तादी खोलाबाट लिफ्टिङ गरी नुवाकोट डांडामा खानेपानी पु¥याउने लक्ष अनुसार कुल ३ करोड ९३ लाख रुपैयाको वजेटमा निर्माण कम्पनीद्वारा आइतवारदेखि उक्त कार्य सुरु भएको विदुर २ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए ।
निर्माण कार्य शुभारम्भमा मेयर श्रेष्ठ, वडाध्यक्ष कायस्थका साथ सार्वसाधारण, उपभोक्ता, वडा प्रतिनिधिहरू, उपभोक्ता समितिका प्रतिनिधिहरू, खानेपानी संस्थाका इन्जिनियर तथा प्रतिनिधिहरू, निर्माण कम्पनीका प्राविधिकहरु सहभागि थिए । नुवाकोट दरवार क्षेत्र कुनै समय देशकै राजधानी र जिल्ला सदरमुकामसमेत भएको पर्यटकिय स्थान हो ।