सुन र गाडीसहित युवक पक्राउ

फल्स वटनभित्र सुन भेटियो, अनुसन्धान जारी
लोकखबर
५ जेष्ठ २०८२, आईतवार २०:०२

विदुर-ठूलो परिमाणको सुन र गाडीसहित नेपाल–चीन नाका रसुवागढीवाट एक युवक पक्राउ परेका छन् । त्रिदेशिय मार्गको गल्छी–त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडकमार्गको वीचमा रहेको रसुवागढीमा आइतवार विशेष चेकजांचको क्रममा एकै पटक ठुलो परिमाणको सुन वरामद भएको हो ।
चीनको केरुङबाट रसुवागढी हुदै नेपालतर्फ आउने क्रममा रहेको बा४ख ६२०१ नम्बरको डिव्वा कन्टेनरबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चालक वस्ने सिटसंगै फलस वटन वनाएर त्यसभित्र लुकाइराखेको अवस्थामा सात किलो सातसय ५३ ग्राम सुनजस्तै देखिने धातुसहित गाडी र त्यसका चालक रसुवाकै गोसाइकुण्ड गाउंपालिका ५ स्याफ्रुवेशीका २४ वर्षिय किशोरकुमार भुजेललाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
उक्त वस्तु सुन हो वा होइन भनेर प्राविधिकले जेचजांच गरिरहेको उनले वताए । प्रहरी टोलीले रसुवागढी नाकाबाट सुन र गाडीसहित त्यसका चालकलाई पक्राउ गरेको हो ।
यस सम्वन्धमा थप अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि भन्सार कार्यालय रसुवा टिमुरे पठाइएको डिएसपि शाहीले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको भेटिएको प्रहरीले जनाएको छ ।