कार्यालयका लागि कम्प्युटर प्रदान

मेयरले गरे हस्तान्तरण
लोकखबर
२०८२ जेष्ठ ६, मंगलवार २१:०२

विदुर-खानेपानी तथा सरसफाई उपभोक्ता समिति’को नुवाकोट कार्यालयको सक्रियता र प्रभावकारिताका लागि विदुर नगरपालिकाले आधुनिक उपकरणहरु प्रदान गरेको छ । मेयरले समितिको कार्यालयमै पुगेर सामग्रीहरु प्रदान गरेका हुन् ।
विदुर नपा–२ नुवाकोट दरबार क्षेत्रका २ सय ५० घरधुरीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउदै आइरहेको ‘ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाई उपभोक्ता समिति’को कार्यालय सञ्चालनार्थ विदुर नपाको तर्फबाट मेयर राजन श्रेष्ठले कम्प्युटरलगायतका आवश्यक सामग्री उपलब्ध गराई समितिको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
खानेपानी उपभोक्ता समितिको कार्यालयको लागी अत्यावश्यक रहेको २ थान स्टिल दरबार, कुर्ची १५ थान, टेबल १ थान, कम्युटर १ थान, प्रिन्टर १ थान मेयर श्रेष्ठले खानेपानी समितिलाई हस्तान्तरण गरे । उनले खानेपानी वितरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनको लागी निर्देशनसमेत दिएका छन् ।


सर्वाधिक रुचाइएको