पृथ्वी संग्रहालय तोडफोड

छानविनको माग, सन्चालनको तयारी
लोकखबर
२०८२ जेष्ठ ६, मंगलवार २१:०९

विदुर-ऐतिहासिक नुवाकोटको टाकुरोमा रहेको पृथ्वी सङ्ग्रहालय तोडफोड भएको छ । सन्चालनमा नआउंदै सो संग्रहालयको मूल ढोकामा तोडफोड भएको हो ।
विदुर नगरपालिकाको स्वामित्वमा रहेको विदुर–२ नुवाकोट टाकुरोस्थित निर्माण सम्पन्न भएको र सन्चालनको तयारीमा रहेको पृथ्वी सङ्ग्रहालयको मूल ढोकामा तोडफोड भएको सोमवार पाइएको हो । मुल ढोकाको तालाको कब्जा निकालेर ढोका फोरिएको पाइएको हो ।
सम्वन्धित निकायले छानविन गर्न माग गरेको छ । उक्त सङ्ग्रहालयलाई विदुर नपाले सञ्चालनको लागी विदुर नपाले पहल गरिरहेको थियो ।
मेयर राजन श्रेष्ठले संग्रहालय सन्चालनका लागि आवश्यक तयारी, समन्वय तथा सरोकारवाला निकायहरुसंग सहकार्य भइरहेको जानकारी दिए । सन्चालन हुन वांकी र सरसामाग्री केही नराखिएकाले सङ्ग्रहालयको मूल ढोकामा तोडफोड भएपनि अन्य थप क्षति नोक्सानी भने नभएको निरीक्षणका क्रममा पाइएको छ ।
केहि समय अगाडि निर्माण गरिएको ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ सञ्चालनमा ल्याउन मेयर राजन श्रेष्ठ ज्यूबाट विभिन्न सरोकारवाला पक्षहरुसंग सहकार्य गर्ने क्रममा पाटन सङ्ग्रहालयको संरचना डिजाइन गर्ने अष्ट्रियाका नागरिक र उनको साथमा नेपाली नागरिक भरत महर्जनबाट सङ्ग्रहालयको अध्ययनसमेत थालिएको थियो । सङ्ग्रहालय सञ्चालनमा ल्याएर त्यसको अल्पकालीन र दीर्घकालीन संरक्षण तथा प्रर्बद्धनका लागि सङ्ग्रहालयको प्राविधिकसहित विस्तृत अध्ययनको प्रबन्ध मिलाइएको छ ।
प्रतिवेदनको आधारमा सङ्ग्रहालयलाई जतिसक्दो छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको विदुर नपाले जनाएको छ । सङ्ग्रहालय सञ्चालनार्थ अध्ययन थालिएको छ ।
यसका लागि सरोकारवाला पक्षहरुसँग सहकार्य गर्ने क्रममा पाटन सङ्ग्रहालयको संरचना प्राविधिक अष्ट्रियाका नागरिक र उनको साथमा नेपाली नागरिकबाट सङ्ग्रहालयको अध्ययन थालिएको हो । उक्त सङ्ग्रहालय सात रोपनी जग्गामा कुल पाँच करोड २८ लाख रुपैया निर्माण सम्पन्न भएको थियो ।


सर्वाधिक रुचाइएको