गाउंमा वडा कार्यालय भवन निर्माण

गापा अध्यक्षले गरे उद्घाटन
लोकखबर
२०८२ जेष्ठ ६, मंगलवार २१:१३

विदुर-रसुवाको उत्तरगया गाउँपालिका ३ को कार्यालय भवन निर्माण गरिएको छ । गाउंपालिका र वडा कार्यालयको लगानमिा आधुनिक पक्कि कार्यालय भवन निर्माण गरिएको हो ।
ठुलोगाउंमा नवनिर्मित वडा कार्यालय भवनको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले उद्घाटन गरे । उनले भवनवाट सेवाग्राहीहरुलाई सेवा दिन र कर्मचारीहरुलाई सेवा प्रदान गर्न सुविधा पुगेको वताए ।
भुकम्प प्रतिरोधी सांढे दुई तले ११ कोठे उक्त भवनवाट सेवा सुचारु भएको छ भने भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, उत्तरगया ३ का वडाध्यक्ष लालबहादुर लामातामाङ, ४ का वडाध्यक्ष अमर बुलुनलगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त भवन उत्तरगया गापा र ३ नं. वडा कार्यालयको कुल एक करोड २५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।


सर्वाधिक रुचाइएको