आयआर्जनका लागि किसान प्रवद्र्धन कार्यक्रम
गाउंमै पुगेर वाख्रा हस्तान्तरण

विदुर-नुवाकोटको तारकेश्वर गाउंपालिकाले किसानहरुको उत्थानका लागि कार्यक्रम सन्चालन गरेको छ । किसानहरुलाई आयआर्जन गराउने उद्धेश्यले गाउंमै पुगेर वाख्रा हस्तान्तरण गरिएको छ ।
तारकेश्वर गापाले न्युन आय भएका किसानहरुलाई वाख्रा वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत सो गापाले वाख्रा हस्तान्तरण गरेको हो ।
किसान प्रवद्र्धन कार्यक्रमअन्तगत तारकेश्वर गापा २ मा सात जना र तारकेश्वर ४ मा १३ जना न्युन आय भएका किसानहरु छनौट गरि एक÷एक वटा वाख्रा हस्तान्तरण गरिएको अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए । उनले उक्त कार्यक्रम किसानको हितमा गरिएको र निरन्तरता दिइने वताए ।