रासायनिक मलको चरम अभाव

विदुर-खेत तथा वारीमा लगाइएका अन्न तथा मकैवालीमा रासायनिक मल राख्न नपाउंदा नुवाकोटका किसानहरु मर्कामा परेका छन् । मकै, धान तथा तरकारी वालीमा युरियालगायतका मल राख्न नपाउंदा किसानहरु निकै चिन्तित भएका छन् ।
१२ स्थानीय तह रहेको पहाडि संरचनाको नुवाकोटमा अहिले किसानहरुलाई युरिया मल आवस्यक रहेको छ । तर, यहि मलको चरम अभाव भएको गुनासो किसानहरुको छ ।
अहिले युरिया मलको चरम अभाव हुँदा किसान समस्यामा परेको किसानहरु बताउँछन् । किसानका लागि जिम्मेवार रुपमा सरोकारवाला निकाय प्रस्तुत हुन नसकेको किसानहरुको गुनासो रहेको छ ।
नुवाकोटको अधिकांश स्थानमा यतिखेर खेतमा रोपिएका मकै, तरकारी र धानमा रासायनिक मल राख्ने वेला भएको छ । तर, किसानहरुले पाउन सकेका छैनन् ।
दुई वोरा युरिया मलका लागि सरोकारवाला निकाय सवैतिर धाइयो । तर, कुनै हालतमा मल नभएको जवाफ मात्र आएर रित्तो हात घर फर्किनु परेको चौघडाका किसान रामचन्द्र अगस्तीले गुनासो गरे ।
‘मकै, चैते धान, तरकारी बालीका लागि अहिले युरिया मलको अत्यधिक माग रहेको छ,।’ अगस्तीले भने, ‘मलको अभावमा मकै बाली नै बिग्रने चिन्ता भएको छ, मकै बालीमा सिंचाईपछि युरिया मल राख्ने समय बित्दो अवस्थामा छ, किसानले खोजेको बेलामा मल पाउन सकेका छैनन् ।’
सम्वन्धित निकायले वेलैमा ल्याउन नसकेका कारण युरिया मलको अभाव भएको हो । मकैका लागि मल राख्ने सिजन वितन लागिसक्यो । तर, मल पाइन् तारुकाका किसान रामप्रसाद पनेरुको पनि एउटै स्वर छ ।
नुवाकोटमा युरिया मलको माग उच्च भएपनि आवस्यकता अनुसार मल उपलब्ध हुन सकेको छैन । बालीमा लगाउने बेला मल नपाएपछि किसानहरू निकै तनावमा रहेको पिपलटारका किसान वलराम न्यौपाने वताउंछन् ।
नुवाकोटमा १२ हजार हेक्टर क्षेत्रफलमा धान र १५ हजार हेक्टर क्षेत्रफलमा मकै खेति गरिदै आएको छ । किसानहरुलाई प्रतिहेक्टर नौहजार मेट्रिक टन रासायनिक मल आवस्यक पर्ने कृषि प्राविधिकहरु वताउंछन् ।
माग र आवस्यकता अनुसार रासायनिक मल नआउने गरेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । आजस्यकता भन्दा निकै कम मात्र मल आउने गरेका कारण किसानले थोरै मल पाउने गरेको गुनासो आएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिए ।
नुवाकोटका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय त्रिशूली र साल्ट ट्रेडिङ शाखा नुवाकोटले रासायनिक मल दिँदै आएको छ । तर, ति कार्यालयका गोदाममा अहिले मलको अभाव रहेको जनाइएको छ ।
आवस्यकता अनुसार रासायनिक मल उपलव्ध नहुंदा किसानहरुले अनुदानमा एकहजार एकसय ५० रुपैया प्रति वोराको मल एकहजार पांचसयदेखि दुई हजार रुपैयासम्म तिरेर खरिद गर्न वाध्य हुनुपरेको अर्का चिन्नलकुमार राइले गुनासो गरे । सहकारीले कृषि सामग्री कम्पनीवाट प्रतिवोरा नौसय ७ रुपैयामा खरिद गर्ने अनुदानको मल आवस्यकता अनुसार उपलवध नहुंदा किसानहरुले आफ्नो मकै तथा धानवालीमा राख्ने समय गुज्रने समस्याका कारण वाहिर धेरै मुल्य तिरेर खरिद गर्न वाध्य भएको किसानहरुको गुनासो छ ।
किसानलाई मलको अभाव भएको सम्वन्धमा कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूलीले माग धेरै र कोटा थोरै भएका कारण किसानहरुलाई माग अनुसारको मल उपलवध हुन नसकेको जनाएको छ । नुवाकोटको लागी आइतवारसम्म युरिया तनिसय चार मेट्रिक टन, डिएपि १६ दशमलव दुई मेट्रिक टन र पोटास एकसय चार मेट्रिक टन मौज्दात रहेको कार्यालय प्रमुख दीपक कुमारले जानकारी दिए ।
उनका अनुसार अरु रासायनिक मल आउने क्रममा रहेको छ । मलको कोटा वढिरहेको प्रमुख कुमारले दावी गरे ।
आफ्नो कार्यालयले नुवाकोटको १२ र रसुवाका पांच गरि १७ वटै स्थानीय तहका लागि अनुदानको मल वितरण गर्ने गरेको वताउंदै कुमारले कोटा वढिरहेको वताए । विदुर नपाका लागि पहिले ४०÷४५ मेट्रिक टन रासायनिक मल आउने गरेका कारण अहिले वढेर ७०÷७५ टन आउने गरेको वताए ।
यद्यपि, माग र आवस्यकता अनुसार मलको अपुग भएको भने कार्यालय प्रमुख कुमार स्वीकार गर्छन् । उनले आफु आउनु भन्दा अगाडि रासायनिक मलको कुल ६ करोड वार्षिक राजश्व संकलन हुने गरेकोमा अहिले झण्डै तेव्वर अर्थात १७ करोड रुपैयाको विभिन्न रासायनिक मल विक्रि भएको दावी गरे ।
चालु आर्थिक वर्षमा २० करोड मलको राजशव संकलन गर्ने लक्ष्य रहेको कुमारको भनाई छ । रासायनिक मलको माग उच्च भएपनि कोटा मागको तुलनामा न्यून भएका कारण माग अनुसार परिपूर्ति गर्न नसकिएको जनाइएको छ ।
वालीमा मल राख्ने सिजन सुरु हुन लागेको छ, माग ह्वात्तै बढ्दो छ, नुवाकोटमात्रै होइन, देशैभरि मलको माग बढी नै छ । तर, कोटा न्यून हुँदा माग अनुसार परिपूर्ति गर्न सकिएको छैन,’ शाखा प्रबन्धक दीपक कुमारले भने, ’यति कम मात्रामा रहेको मलले सबैको माग पूरा गर्न सम्भव छैन ।
आएको कोटा अनुसार वितरण गरिरहेका छौं, सरकारले नै कोटा वढाइदिए किसानहरुको माग अनुसार मल पाउंथे किरु प्रमुख कुमारले प्रतिप्रश्न गरे । माग धेरै कोटा थोरै हुंदा किसानले गुनासो गर्नु पनि स्वभाविक रहेको उनको तर्क छ ।