बालकको उपचारका लागि याचना

नौ महिने वालकलाई क्यान्सर
लोकखबर
२०८२ जेष्ठ ८, बिहीबार २१:३०

विदुर–नुवाकोटको तारकेश्वरका नौ महिने वालक क्यान्सर पीडित भएपछि उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । कलेजोको क्यान्सरको उपचारका लागि आर्थिक अभाव भएको परिवारजनले गुनासो गरेका छन् ।
तारकेश्वर गाउँपालिका ५ को थुम्काका अर्जुनप्रसाद खनालका नौ महिने छोरा सोनिक खनाल कलेजोको क्यान्सरबाट पीडित भएका हुन् । ललीतपुरको पाटन अस्पतालमा उपचार गराईरहेका खनालको परिवारलाई यतिखेर आफ्नो कमजोर आर्थिक अवस्थाका कारण छोराको उपचार गराउन आर्थिक श्रोतको समस्या भएको वताए ।
उनीहरुलाई यतिवेला क्यान्सर प्रीडित आफ्नो छोराको उपचार कसरी गराउने भन्ने चिन्ताले पिरोलिइरहेको छ । उनका आफन्त र सहयोगीहरुले सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान पनि सुरु गरेका छन् ।
बालकको उपचारका लागि परिवारको सामथ्र्यले नभ्याउने भएकाले सामाजिक सञ्जालमार्फत अपिल गरिएको तारकेश्वरका स्थानीय युवा केशवराज अर्यालले बताए । उनका अनुसार नौ महिने वालकको उपचारका लागि सहयोग गर्न चाहनेहरुले क्यान्सर पीडिन बालकका पिता अर्जुनप्रसाद खनालको नाममा हिमालयन बैंक लिमिटेडमा रहेको खाता नम्वर ०५८१००३०४४००१३ मार्फत सहयोग गर्न सकिने अर्यालले जानकारी दिए ।


सर्वाधिक रुचाइएको