विदुर पूर्ण खोप सुनिश्चित नगर घोषित

सवै वडामा दिगोपनासमेत घोषणा
लोकखबर
२०८२ जेष्ठ ८, बिहीबार २१:३९

विदुर–नुवाकोटको सदरमुकाममा रहेको विदुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । झण्डै चार दशक पुरानो विदुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
एक कार्यक्रमबीच उपमेयर प्रभा वोगटीले नगरपालिकालाई विहीवार पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा प्रमाणीकरणको घोषणा गरेकी हुन् । १३ वडा रहेको विदुर नपाको सवै वडा पुर्ण खोप सुनिश्चित भएको छ ।
उपमेयर वोगटीले खोप लगाउन पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसमा नगरपालिका प्रतिबद्ध भएर काम गरेको बताइन् । मातृ तथा बाल मृत्युदर घटाउने नेपाल सरकारको लक्ष्य अनुरूप विदुर नपा क्रियाशील भएको उनले बताइन् ।
विदुर नगरभित्रका १६ देखि २३ महिना भित्रका सबै चारसय ७३ जना बालबालिकाले सम्पूर्ण खोपको मात्रा लगाएको कारण राष्ट्रिय खोप तालिका अनुसार ति वालवालिकाहरुलृे पाउने सम्पुर्ण खोपहरु लगाएको र पूर्ण खोप सुनिश्चित भएको उपमेयर वोगटीले वताइन् । यसर्थ, विदुर नपालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिदिनुहुन जिल्ला खोप समन्वय समितिसमक्ष अनुरोध गर्दछु भन्दै उपमेयर प्रभा वोगटीले विदुर नपाका १३ वटै वडा पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा प्रमाणीकरणको घोषणा गरेकी हुन् ।
कार्यक्रममा १३ वटै वडामा रहेका स्वास्थ्य केन्द्रहरुले पूर्ण खोप सुनिश्चितताका लागि योगदान पु¥याएको जनाउंदै कदर पत्र प्रदान गरिएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा प्रमाणीकरणको लागि हाल कोही बालबालिका खोप लगाउनबाट वञ्चित नभएको घरधुरी सर्वेक्षण तथा अनुगमनमा भेटिएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले बताए ।

 

 

 

 

 


सर्वाधिक रुचाइएको