एक वर्षमा चार कार्यालय प्रमुख फेरिए
विदुर–आम सर्वसाधारणको धेरै भीडभाड हुने मालपोत कार्यालयमा महिनैपिच्छे कार्यालय प्रमुख फेरिने गरेका छन् । यसवाट सेवाग्राहीहरुलाईसमेत समस्या हुने गरेको छ ।
विदुरस्थित मालपोत कार्यालय नुवाकोटमा वितेको एक वर्षमा चार जना कार्यालय प्रमुख फेरिएका छन् । यसले गर्दा सेवाग्राहीहरु हैरानी हुन गरेका छन् ।
महिनैपिच्छे कायाृलय प्रमुख फेरिदा सेवाप्रवाह, समय र कार्ययोजनाको प्रभावकारितामै समस्या आउने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ । एक कार्यालय प्रमुखलाई कम्तिमा पनि दुई वर्ष एकै कार्यालयमा वसेर सेवा गर्न दिनुपर्ने सेवाग्राहीहरु वताउंछन् ।
सो कार्यालयको नयां प्रमुखमा महेन्द्रबहादुर नेपालले कार्यभार सम्हालेका छन् । सोही कार्यालयमा निमित्त रहेका उनलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएपछि प्रमुखको कार्यकक्षमा सरेर कार्य गर्न थालेका हुन् ।
उनी भन्दा अगाडिका प्रमुख मालपोत अधिकृत देवीवहादुर भण्डारी गत २०८१ साल फागुन ५ गते सरुवा भई आएर हाजिर गरेकोमा त्यसको दुई महिनामै सरुवा भए । भण्डारी भन्दा अगाडि मीनवहादुर भट्टराइले सो कार्यालयमा गत २०८१ साल असोज ३० गतेदेखि हाजिर भएकोमा चार महिना नवित्दै फागुन ३० गते अकस्मात सरुवा भए ।
मालपोत नुवाकोटमा प्रमुख भएर गत २०८० साल चैत्र ७ गते हाजिर भएका ओमवहादुर अधिकारी पनि २०८१ साल असोज ३० गते सात महिनामै सरुवा भए । अधिकारी भन्दा अगवाडि महेन्द्रवहादुर नेपालले कार्यालय प्रमुखको रुपमा २०८० साल फागुन १० गतेदेखि चैत्र ६ गतेसम्म कार्य गरेका थिए ।
नेपाल अगाडि होमनाथ सेढाइले भने २०७८ साल साउन ३१ ग्तेदेखि २०८० साल फागुन ८ गतेसम्म कार्यालय प्रमुख भएर कार्य गरेका थिए । सो कार्यालयमा १० वर्ष अगाडि अर्थात् २०७० कार्तिक १० देखि २०७३ कार्तिक ३० गतेसम्म पृथवहादुर केसी, २०७३ कार्तिक २४ देखि २०७३ चैत्र ९ गतेसम्म भीमवहादुर कुंवर, २०७४ वैशाख ३ देखि २०७६ जेठ १२ गतेसम्म वुद्धिलाल श्रेष्ठ, २०७६ जेठ १३ देखि २०७७ माघ १९ गतेसम्म नारायणप्रसाद अधिकारी, २०७७ फागुन २ देखि २०७७ चैत्र २२ गतेसम्म पूर्णवहादुर खड्काले कार्यालय प्रमुखको रुपमा कार्य गरेको कार्यालयको रेकर्डमा उल्लेख छ ।
यसैगरि, २०७७ चैत्र २३ देखि २०७८ वैशाख ५ गतेसम्म मेघनाथ रिमाल र २०७८ जेठ २४ देखि २०७८ साउन २६ गतेसम्म खिमानन्द आचार्यले प्रमुख भएर सेवा गरेका छन् । समग्रमा मालपोत कार्यालय नुवाकोटमा १० वर्षमा १३ जना र एक वर्षमा चार जनाले कार्यालय प्रमुखका रुपमा कार्य गरेका छन् ।
कार्यालय प्रमुख समय नपुग्दै परिवर्तन हुंदा सेवाग्राहीहरु तथा कार्यालयकै कतिपय कार्यमा समस्या हुने गरेको कर्मचारीहरुको भनाई छ । कार्यालय प्रमुख फेरवदल भइरहदा वीचमा समयमा निर्णय गर्नु पर्नेलगायतका अन्य कार्य रोकिने गरेका छन् ।
यसवाट सेवाग्राहीहरुलाई समस्या पर्ने गरेको छ । प्रमुख सरुवा भइरहदा कार्यालयमा अस्थिरतासमेत वढ्ने गरेको पाइएको सेवाग्राहीहरुको तर्क छ ।
नवनियुक्त कार्यालय प्रमुख महेन्द्रवहादुर नेपालको कार्यवधि पनि उमेर हदका कारण सांढे दुर्य महिना मात्रै समय रहेको छ । अनिवार्य अवकाशमा जानु भन्दा अगाडि उनले मालपोत कार्यालयलाई चुस्त, प्रभावकारी र सक्रियतापुर्वक चलायमान वनाउनु पर्ने चुनौती र अवसर खडा भएर उभिएको छ ।











































