लिखु पूर्ण खोप सुनिश्चित गापा घोषित

दिगोपनाकोसमेत घोषणा
लोकखबर
२०८२ जेष्ठ ९, शुक्रबार २२:४०

विदुर–नुवाकोटको सदरमुकाम विदुरसंगै जोडिएकालिखु पूर्ण खोप सुनिश्चित गाउंपालिका घोषणा भएको छ । लिखुको सवै वडामा दिगोपनासमेत घोषणा गरिएका छन् ।
नुवाकोटको शहरोन्मुख लिखु गाउंपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना गापा घोषणा गरिएको छ । लिखु गापालाई विशेष कार्यक्रमसहित पूर्ण खोप सुनिश्चितता गापा घोषणा गरिएको हो ।
एक कार्यक्रमबीच लिखु गापालाई उपाध्यक्ष शुभद्रा अधिकारीउप्रेतीले लिखु गापालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा प्रमाणीकरणको घोषणा गरेकी हुन् । ६ वडा रहेको लिखु गापाको सवै वडा पुर्ण खोप सुनिश्चित भएको छ ।
उपाध्यक्ष अधिकारीउप्रेतीले खोप लगाउन पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसमा लिखु गापाले प्रतिबद्ध भएर काम गरेको बताइन् । मातृ तथा बाल मृत्युदर घटाउने नेपाल सरकारको लक्ष्य अनुरूप लिखु गापा क्रियाशील भएको उनले बताइन् ।
वितेको आव २०८०÷८१ मा लिखु गापाभित्रका १६ देखि २३ महिना भित्रका सबै एकसय ७४ जना बालबालिकाले सम्पूर्ण खोपको मात्रा लगाएको कारण राष्ट्रिय खोप तालिका अनुसार ति वाल वालिकाहरुले पाउने सम्पुर्ण खोपहरु लगाएको र पूर्ण खोप सुनिश्चित भएको उपाध्यक्ष अधिकारीउप्रेतीले वताइन् । यसर्थ, लिखु गापालाई पूर्ण खोप सुनिश्चित गाउंपालिका घोषणा जिल्ला खोप समन्वय समितिमार्फत गरिएको हो ।
कार्यक्रममा ६ वटै वडामा रहेका स्वास्थ्य केन्द्रहरुले पूर्ण खोप सुनिश्चितताका लागि योगदान पु¥याएको जनाउंदै कदर गरिएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा प्रमाणीकरणको लागि हाल कोही बालबालिका खोप लगाउनबाट वञ्चित नभएको घरधुरी सर्वेक्षण तथा अनुगमनमा भेटिएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाका सिनियर अहेव भीमवहादुर रोक्काले बताए ।
यससंगै नुवाकोटको लिखु गापा “पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन“ घोषणा भएको छ । तथ्याङ्क अनुसार लिखु गापा भित्रका सबै बालबालिकाले पाउनुपर्ने खोप सबै लगाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा लिखुका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, लिखु १ का वडाध्यक्ष नरहरि पाण्डे, जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जन, स्वास्थ्य शाखा प्रमुख भीम रोक्का, विभिन्न स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिसहित अन्य स्वास्थ्यकर्मीहरु, विद्यालय नर्स, महिला स्वास्थ्य स्वंयम सेविकालगायतको सहभागिता रहेको थियो । लिखु गापा नुवाकोटको कृषि भण्डारयोग्य स्थान हो ।


सर्वाधिक रुचाइएको