मेलमिलापतर्फ घट्दै उजुरी

सवैभन्दा वढि उजुरी लेनदेन र जग्गा सम्वन्धि
लोकखबर
२०८२ जेष्ठ १०, शनिबार २२:४६

विदुर–स्थानीय तहमा रहेको मेलमिलाप केन्द्रमा उजुरीहरु घट्दै गएको छ । स्थानीय तहले मेलमिलाप गर्ने अधिकार पाएका उजुरीहरु छिनोफानो गर्ने गरेका छन् ।
नुवाकोटको विदुरमा आयोजित यस सम्वन्धि विशेष अन्र्तक्रियामा स्थानीय तहमा रहेका मेलमिलाप केन्द्रमा विगतको तुलनामा कम उजुरीहरु पर्ने गरेको जानकारी दिइएको छ । विभिन्न जनप्रतिनिधि, न्यायिक समिति सदस्य÷ न्यायिक सहजकर्ता÷ मेलमिलापकर्ताहरुसंग आयोजित मेलमिलाप सम्बन्धि अन्र्तक्रियामा सो जानकारी दिइएको हो ।
कार्यक्रममा न्यायिक निरुपण र मेलमिलापको सन्दर्भमा नुवाकोटका १२ वटै स्थानीय तहका न्यायिक समितिबीच विशेष अन्र्तक्रिया गरिएको हो । सो क्रममा उजुरी घटाउन स्थानीय तह सफल भएको निष्कर्श निकालिएको छ ।
नुवाकोटको सदरमुकाम विदुर समेटिएको विदुर नगरपालिकाको न्यायिक समितिमा वितेको तीन वर्षको तुलनामा चालु वर्षमा कम उजुरी दर्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न प्रकृतिका ७० थान, आव २०८०/०८१ मा ८५ थान र चालु आवको हालसमम ६० थान उजुरी परेको छ ।
समितिमा अधिकांश उजुरीहरु लेनदेन र जग्गा सम्वन्धि पर्ने गरेका छन् । चालु आवको हालसम्म समितिमा १५ थान लेनदेन र १३ थान जग्गा सम्वन्धि, आठ थान गोरेटो वाटो सम्वन्धि, सात थान घरायसी सम्वन्धि, पांच थान सांंधसिमाना सम्वन्धि उजुरी परेको न्यायिक समितिकी संयोजक तथा उपमेयर प्रभा वोगटीले वताइन् ।
उनका अनुसार ९० प्रतिशत उजुरीहरु मेलमिलाप गरेरै समाधान गरिएको छ । अव समितिमा सात वटा उजुरी मात्रै छलफल गर्न वांकी रहेको छ ।
विदुर नगरपालिकाको न्यायिक समितिमा परेका उजुरीहरुमध्ये अधिकांश उजुरीहरु मेलमिलापबाटै समाधान भएको न्यायिक समितिकी संयोजक तथा उपमेयर वोगटीले वताए । समितिमा आर्थिक वर्ष २०८०/२०८१ मा परेको ६० वटा उजुरी मध्ये ९० प्रतिशत उजुरी मेलमिलापको माध्यमबाट समाधान भएको समितिकी सहजकतर्था राममाया न्यौपानेले वताइन् ।
चालु आवमा घरायसी सम्बन्धि निवेदनमा ७ वटामा ७ वटै मेलमिलापबाट समाधान भएका छन् । लेनदेन सम्बन्धि १५ वटा उजुरीमा ७ वटा समाधान र ८ वटा मेलमिलापको माध्यमवाट समाधान भएको छ ।
जग्गा सम्बन्धी १३ वटा निवेदन मेलमिलापका आधारमा समाधान भएको छ । ज्याला मजदुरी सम्बन्धि २ वटा, गोरेटोबाटो सम्बन्धी ८ वटा मेलमिलापको माध्यमबाटै समाधान गरिएको न्यायिक समितिले जनाएको छ ।
संबैधानिक अधिकार अन्तर्गत ब्यवस्था भएको न्यायिक समितिमा कार्यसम्पादनमा १०० मा १०० प्रतिशत नै रहदै आएको छ । न्यायिक समितिका अनुसार पशुपन्छी पाल्दा असर पु¥याएको सम्बन्धि ४ वटामा २ वटा फैसला र दुई वटा मेलमिलापको माध्यमबाटै समाधान गरिएको छ ।
साँधसिमाना सम्बन्धि ५ वटा, कुटपिट सम्बन्धि ३ वटा, अंशबण्डा सम्बन्धि २ वटा मेलमिलापबाट र खानेपानी सम्बन्धि एउटा उजुरी छलफलबाटै समाधान गरिएको छ । समितिले विवादहरुको समाधानको लागि आवश्यकता अनुसार कार्यस्थलमै जाने र तथ्य प्रमाण संकलन गरी न्यायिक निरुपण गर्दै आएको जनाएको छ ।
विदुर नपा कार्यालयमा छुट्टै इजलासको ब्यवस्था गरी न्यायिक निरुपणलाई विस्वसनिय र प्रभावकारी बनाइएको उपमेयर प्रभा वोगटीको भनाई छ । मेलमिलापको लागि नगरस्तरिय मेलमिलाप केन्द्र सहित १३ वटै वडामा मेलमिलाप केन्द्रसमेत क्रियाशिल गराइएको छ ।
विदुर नपामा सयोजक प्रभा बोगटी सहित दुई सदस्य गणेशकुमार नेपाल र सीता बोगटी रहेको न्यायिक समिति रहेको छ । न्यायिक समितिको कामलाई ब्यवस्थित गर्न न्यायिक सहजकर्ता राखिएको छ ।
मेलमिलापलाई प्रभावकारी वनाउन ७१ सदस्यीय मेलमिलापकर्ताहरु विभिन्न वडास्तरमा सक्रिए रहेका छन । आम सर्वसाधारणलाई न्यायमा सहज र छिटो पहुंचको लागि स्थापना गरिएको न्यायिक समितिको कार्य सम्पादन प्रभावकारी वनाउंदै लगिएको विदुर नपाले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको