भन्सार छलिका सामान वरामद

लाखौंको सामान भन्सार वुझाइयो
लोकखबर
२०८२ जेष्ठ ११, आईतवार १७:०९

विदुर–त्रिदेशिय मार्गको रुपमा रहेको वीरगन्ज–गल्छी–विदुर–धुन्चे–रसुवागढी सडकमार्गवाट भन्सार छलि गरिएका सामानहरु जफत गरिएको छ । लाखौंका सामान कारवाहीका लागि भन्सार कार्यालयमा वुझाइएको छ ।

उक्त मार्गमा रहेको पासाङल्हामु सडकमार्गबाट प्रहरीले लाखौं रुपैया मुल्य वरावरको सामान वरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईबाट खटिएका प्रहरी टोलीले रसुवाको विभिन्न स्थानमा चेकजाँच गर्दा भन्सार छलि अवैध रूपमा ल्याइएका  सामानहरू जफत गरिएको प्रहरी नायव उपरिक्षक हेमवहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार बिल बिजक नभएका पांच लाख रुपैँया बराबरको खाद्य तथा पेय पदार्थ बरामद गरी आवश्यक कारवाहीको लागी रसुवा भन्सार कार्यालय, टिमुरे रसुवामा बुझाइएको छ । रसुवागढी नाकावाट भन्सार छलिलगायतका अवैध गतिविधि भइरहेको गुनासो आएपछि प्रहरी प्रशासनले सक्रियता अपनाएको छ ।


सर्वाधिक रुचाइएको