माइक्रोवस दुर्घटनामा नौ यात्रु घाइते
विदुर–काठमाडौंवाट नुवाकोट प्रवेशका लागि छोटो दुरीको वालाजु–टोखा–छहरे–त्रिशूली सडकखण्डमा आइतवार एउटा यात्रुवाहक माइक्रोवस दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परि त्यसमा यात्रारत नौ जना घाइते भएका छन् ।
त्रिशूलीबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नं.को विद्युतीय माइक्रोवस शिवपुरी गाउंपालिका ७ गुरुङगाँउमा दुर्घटना हुंदा पांच महिलासहित नौ जना घाइते भएको जिल्ला प्रहरी कायाृलय नुवाकोटले जनाएको छ । उक्त माइक्रोवस सडकबाट १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
घाइतेहरुको सुरक्षाकर्मि तथा स्थानीयवासीले उद्धार गरि उपचारको लागि ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल काठमाडौ पठाइएको डिएसपि लामाले वताए । प्रहरीले गाडी चालक ३६ वर्षिय रवि बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परि नुवाकोटको लिखु गाउंपालिका ४ चौघडाकी ३९ वर्षिया मैना राई, काठमाडौ महाराजगंजकी ४६ वर्षिया लक्ष्मी खड्गी, काठमाडौ गोंगबुकी . ३५ वर्षिया सिर्जना लामा, बिदुर नपा ५ माझिटारकी १८ वर्षिया बिपना अर्याल, शिवपुरी तलाखुका .२८ वर्षिय रसमान लामा, सोही स्थानका १८ वर्षिय बिजय लामा, काठमाडौ कलंकी बस्ने ३९ वर्षिया सरस्वती राई, सोही स्थानका ३८ वर्षिय श्याम दगौरा र रसुवाको उत्तरगया गाप .५ का २५ वर्षिय महेन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।












































