रास्वपाको रसुवा भेला

मानवहादुरलाई अध्यक्ष चयन
लोकखबर
२०८२ जेष्ठ १२, सोमबार २२:५६

विदुर–प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रसुवाको भेला धुन्चेमा सम्पन्न भएको छ । भेलाले नयां कार्यसमिति चयन गरेको छ ।
धुन्चेमा सम्पन्न रसुवा जिल्ला भेलाबाट मानवहादुर तामाङ सभापति रहेको जिल्ला कार्य समिति चयन गरेको रास्वपाले जनाएको छ । भेलाले उप सभापतिमा सेन्देसी तामाङशेर्पा, सचिवमा पाराङवा तामाङ र सह सचिवमा ओमप्रकाश पौडेललाई चुनेको छ ।
सदस्यहरुमा कुरकेन्हुनु तामाङ, भरत नगरकोटी, रवीन्द्रकुमार पौडेल, टेकबहादुर तामाङ, किरण आचार्य र नवाङ्फिन्जो तामाङ चुनिएका छन् । यसअघि, भेलाको प्रमुख अतिथी रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले उद्घाटन गरेका थिए ।
उनले ठुला दलहरु आफ्नो दलको लोकप्रियता देखेर अत्तालिएको वताए । यतिखेर रास्वपा विरुद्ध विभिन्न शक्ति तथा दल लागेको उनले वताए ।
भेला उद्घाटन कार्यक्रममा रास्वपाका अर्का केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, वागमति प्रदेश उपसभापति दिनेश हुमागाई, महामन्त्रि सुरेन्द्र्र भट्ट, महाधिवेसन प्रतिनिधि सुमन पाण्डेलगायतले आचआफ्नो धारणा राखेका थिए । रास्वपाले नुवाकोट र रसुवाका विभिन्न वडा तथा स्थानीय पालिकाहरुमा संगठन विस्तार गरिरहेको छ ।


सर्वाधिक रुचाइएको