विद्यालयलाई आधुनिक उपकरण हस्तान्तरण

अध्ययन अध्यापनमा सहज
लोकखबर
२०८२ जेष्ठ १२, सोमबार २३:०९

विदुर–आधुनिकतासंगै पठनपाठनलाई सहज वनाउने उद्धेश्यले नुवाकोटको ढिकुरेमा रहेको एक सामुदायिक विद्यालयलाई आधुनिक उपकरण प्राप्त भएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएका छन् ।
कृषि बिकास बैंक वागमति प्रदेशले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत लिखु गाउंपालिका १ ढिकुरेमा रहेको नारायणदेवी माविलाई आधुनिक उपकरणहरु हस्तान्तरण गरेको हो । सो विद्यालयलाई कृषि विकास वैंकले एकमुष्ठ रुपमा डिजिटल शैक्षिक सामाग्री खरिद ब्यबस्थापनको लागि एकलाख ५० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
वैंकको वागमति प्रदेशका कार्यकारी निर्देशक सुशील हुमागाई, सम्पत्ति विभागका प्रमुख माधव रिजाल, त्रिशूली शाखाका अधिकृत केदार लामिछानेलगायतले विद्यालयमै पुगेर विद्यालयका सदस्य संगीता तामाङ र प्रधानाध्यापक हरिप्रसाद लामिछानेलाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । यसवाट विद्यालयमा आधुनिक रुपमा विद्यार्थीहरुलाई पठनपाठन गराउन सहज भएको विद्यालयले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको