खेलाडिहरुलाई खेल सामग्री प्रदान

–क्रिकेटखेलाडिहरु उत्साहित
लोकखबर
२०८२ जेष्ठ २७, मंगलवार २२:०५

विदुर–खेलाडिहरुलाई उत्साह जगाउंदै प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिताका सहभागी खेलाडिहरुलाई विभिन्न खेल सामाग्रीहरु वितरण गरिएको छ ।
विदुर नगरपालिका–२ ले यहि जेठ २९ गतेदेखि आयोजित प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका वडावाट सहभागी खेलाडीहरुलाई मंगलवार क्रिकेटका विभिन्न खेल सामाग्री वितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष दीपक कायस्थले खेल सामग्रीहरु हस्तान्तरण गरे ।

प्रतियोगितामा सहभागिता जनाउन लागेको विदुर २ को टिमलाई क्रिकेट व्याट, हेल्मेट, प्याड, ग्लोभ्स, वल सहित प्रशिक्षणका लागी आवश्यक पर्ने खेल सामग्री प्रदान गरिएको हो । वडाध्यक्ष कायस्थ, वडा सदस्य रन्जन थापामगरलगायतले खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेका हुन् ।
प्रतियोगितामा सहभागीता जनाउंने खेलाडीहरुले विजयको लागि वडाध्यक्ष कायस्थ्यले अग्रिम शुभकामना व्यक्त गरे । प्रतियोगिताका लागि पहिले खेलकुद सामग्री हुनु पर्ने भएकाले वडाले सकेजति खेलाडीहरुलाई खेल सामग्री उपलव्ध गराएको वताए ।

 


सर्वाधिक रुचाइएको