खेलाडि पहिचानका लागि क्रिकेट प्रतियोगिता

विदुर–क्रिकेट खेलको विकास र विस्तारका साथै खेलाडिहरुको पहिचानका लागि विहीवारदेखि नुवाकोटको पिपलटारमा प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा विदुर ६ ले विदुर १० लाई पराजित गरेको छ ।
विदुर नपा ५ पिपलटार लामिवगैचास्थित खेल मैदानमा सन्चालित प्रतियोगिताको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले खेल र मानव जीवन निकै महत्वपुर्ण भएको र यसले अतिरिक्त क्रियाकलापकोसमेत प्रवजद्र्धन गर्ने वताए ।
उनले नियम अनुसार खेल गरेर खेलाडिले आफ्नो पहिचान वनाउन सुझाव दिए । उपमेयर प्रभा वोगटीले विदुर नपाले खेलकुुद गतिविधिलाई प्राथमिकता दिएको र यसले खेलाडिहरुलाई आफ्नो खेल कौशल उजागर गर्न मद्धत पुगेको वताइन् ।
विदुर –६ ले उद्घाटन खेलमा प्रतिस्पर्धि विदुर १० लाई पांच विकेटले पराजित गरेको छ । निर्धारित २० ओभरको खेलमा एकसय ७ रनको विजय लक्ष्य लिएर व्याटिङ गर्न मैदानमा उत्रिएको विदुर ६ ले १७ दशमलव चार ओभरमै जम्मा पांच विकेटको क्षतिमा सजिलै विजय लक्ष्य पार गरेको हो ।
खेलमा विजयी विदुर ६ का राजेश अर्याल म्यान अफ दि म्याच भए । उनले नगद पुरस्कार र ट्रफि थापे ।
प्रतियोगिता अन्र्तगत शुक्रवार पहिलो खेल विदुर १ विरुद्ध विदुर ७ र दोश्रो खेल विदुर ४ विरुद्ध विदुर ५ ले सामना गर्नेछ । विदुर नगरपालिकाको आयोजना र नुवाकोट जिल्ला क्रिकेट संघको सहकार्यमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेल आगामी असार ७ गते हुनेछ ।
प्रतियोगितामा विदुर नपाका विभिन्न ११ वडाको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने र विभिन्न विद्यामासमेत छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरिने र खेलको म्यान अफ दि म्याचलाई समेत ५ सय रुपैयाँ प्रदान गरिएको प्रतियोगिता आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, विदुर नपाका विभिन्न वडाध्यक्ष, विभिन्न कार्यालय तथा निकायका प्रमुख तथा प्रतिनिधिहरुले खेल जगतको विकासवाटै मानवमा सकारात्मक परिवर्तन हुने वताए । खेल गतिविधिलाई निरन्तरता दिइनुपर्ने सहभागीहरुले वताए ।